
एनआरएनए जर्मनीको अध्यक्ष पदमा रण बहादुर साउदले उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि एनआरएनएमा सक्रिय रहेर हाल एनसीसी जर्मनीको उपाध्यक्ष रहेका साउदले “नेपालीका लागि नेपाली” भन्ने भन्ने नारालाई व्यवहारमै पूरा गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको संसान्यूजलाई बताएका छन ।
एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी सदैव लागि रहने प्रण गरेका साउदको घोषणापत्रमा भनिएको छ
“आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुमा
हार्दिक नमस्कार
म रण बहादुर साउद जर्मनी निवासी । हजुरहरु सम्पूर्ण एनआरएन आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुको धेरै चिरपरिचीत व्यक्ति सबैलाई सर्वबिधितै छ । म २००९ साल देखि एनआरएनए जर्मनीमा आबद्ध रहेर आजसम्म एनआरएनए जर्मनीको निरन्तर गतिबिधिहरुको अभियानमा चारैजना अध्यक्ष तथा आईसीसीज्युहरुसित विभिन्न पदहरुको जिम्मेवारीको भूमिका निर्वाह गर्ने सुवर्ण मौका मिलेकामा म आफुलाई गर्वका साथ धेरै भाग्यमानी महसुश गरेकोछु ।
एनआरएनए जर्मनीको एलसिसी एनआरडब्लुको सहसंयोजकबाट सुरुवात गरेको एनआरएनए जर्मनीको यात्रा संस्थापक अध्यक्ष दिल गरुङ्ग (दिल दाई) को अध्यक्षता (२००९ र ०११० को कार्यकालमा म एनआरएन जर्मनीको कार्यकारिणी सदस्य, एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको (२०११ र ०१३) कार्यकालमा युवा संयोजक, एनआरएनए जर्मनीको अध्यक्ष हरेन्द्र वनेमको कार्यकाल (२०१३–०१५) मा उपाध्यक्ष र हाल एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको कार्यकाल (२०१५–०१७) मा पनि फेरी उपाध्यक्षको जिम्मेवारीको भूमिका निर्वाह गरिरहेको छु ।
मैले एनआरएनए जर्मनीमा बिभिन्न पदहरुमा रहेर गरेको ८ बर्ष लामो जिम्मेवारीपूर्ण कार्य अनुभव र आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुको साथ सहायोग र आत्मीय समर्थनले मलाई अझ धेरै उर्जा प्रदान गरेकोछ । एनआरएनए जर्मनीको दैनिक गतिबिधिहरुका अभियानहरु निरन्तर रुपमा बहन गरिरहेको जिम्मेवारीहरुले मलाई कार्य क्षमातामा दक्षता र कार्यकुशलतामा अझ धेरै परिपक्कता बनाएको छ । एनआरएनए ग्वोबलको नीति निर्देशन, आदरणीय अग्रजहरुको आशिर्वाद र एनआरएनए जर्मनीका अभियन्ताहरुको सकृय प्रतिबद्धता तथा आदरणिय जर्मनी निवासी एनआरएन दाजुभाई दिदीबहिनिहरुको प्यारो हार्दिक साथ, सहयोग र समर्थनले मलाई आगामी दिनहरुको लागि धेरै शाहसिला प्रेरणाहरु मिलेका छन । एनआरएनए जर्मनीमा लगातार दुई कार्यकाल (२०१३ र०१५) र (२०१५ र ०१७) म उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेपछि बिधानत वा एनआरएनएको प्रचलन अनुसार तेश्रो पटक एकै पदमा बाहाल हुनसक्दैन । त्येसैले मैले एनआरएनए जर्मनीका सम्पूर्ण आदरणीय अग्रज तथा दाजुभाई र दिदीबहिनीहरुको सल्लाह एबम सुझाबहरु अनुसार २०१७ र ०१९ कार्यकालमा अध्यक्षपदको जिम्मेवारी लिएर जर्मनी निवासी सम्पूर्ण आदरणीय एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी “नेपालीका लागी नेपाली” र एकपटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएको प्रण वाणीका साथ एनआरएनए जर्मनीको अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेको जानकारी गराउदछु ।” धन्यवाद
प्रार्थी
रण बहादुर साउद
उपाध्यक्ष, एनआरएनए जर्मनी
वि.सं.२०७३ फागुन ३ मंगलवार ०४:२२ मा प्रकाशित