back
CTIZAN AD

मासिकरुपमै तलब पाउने भएपछि सोलुखुम्बुका शिक्षक हर्षित

वि.सं.२०७३ फागुन २ सोमवार

933 

shares

२ फागुन,सोलुखुम्बु। शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।

चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।

शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई पत्राचार गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । तर, यसको कार्यान्वयनका लागि शुक्रबार क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र भएको हो ।

जलेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक थिलराज निरौलाले खुसी व्यक्त गर्दै भन्नुहुन्छ – “चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नुपर्ने बाध्यता थियो, अब सहज हुन्छ ।”

शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिक रुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरुको भनाइ छ । सिंहदेवी आधारभूत विद्यालय, नेचावेतघारीकी शिक्षिका कुमारी ढुङ्गेल शर्मा भन्नुहुन्छ – “घरपायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो । मासिक रुपमा तलब पाएपछि सजिलो हुनेछ । यो व्यवस्थाको स्वागत गर्दछु ।”

यता जिल्ला शिक्षा कार्यलयले पनि तलबसम्बन्धी व्यवस्था शिक्षकमैत्री भएको बताएको छ । खरिदार नेत्र घिमिरे भन्नुहुन्छ – “निर्णय स्वागतयोग्य छ, प्रक्रिया झन्जटिलो नभए कार्यान्वयनमा सजिलो हुन्थ्यो ।”

परिपत्रमा जिल्ला शिक्षा कार्यालयले साउनको सुरुमा नै विद्यालयबाट माग फाराम सङ्कलन गर्ने र महिनाको अन्त्यमा प्रथम चौमासिकको तलब निकासा गर्न भनिएको छ ।

दोस्रो र तेस्रो चौमासिक अवधि नलाग्दै माग फाराम लिने र चौमासिकको सुरुको महिनामै तलब निकासा गर्ने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयले भनेको छ । निकासाबाट प्राप्त रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा नै तलब भुक्तान गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७३ फागुन २ सोमवार १०:३५ मा प्रकाशित

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...