back
CTIZAN AD

जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन

वि.सं.२०७८ असार १४ सोमवार

720 

shares

१४ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा हालसम्म १५ गुणा बढी आवेदन परेको छ । सोमबार साँझ साढे ५ बजेसम्ममा २ करोड ७९ लाख ८ हजार ९६० कित्ता सेयरको लागि आवेदन परिसकेको संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

जुन संस्थाले सर्वसाधारणसंग माग गरेको भन्दा १५ दशमलव १० गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।

क्यापिटलका अनुसार यो अवधिसम्ममा १८ लाख ४७ हजार ०५१ जनाले सो मात्राको सेयर माग गरेका हुन् । यससँगै उक्त सेयरमा मंगलबारसम्म आवेदन दिन पाइने छ । इच्छुकले मंगलबार अपरान्ह ५ बजेभित्र संस्थाको आईपीओमा आवेदन दिन पाउने छन् ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

वि.सं.२०७८ असार १४ सोमवार २१:४७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...