back

जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन

वि.सं.२०७८ असार १४ सोमवार

396 

shares
GLOBAL IME AD
NTC AD

१४ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा हालसम्म १५ गुणा बढी आवेदन परेको छ । सोमबार साँझ साढे ५ बजेसम्ममा २ करोड ७९ लाख ८ हजार ९६० कित्ता सेयरको लागि आवेदन परिसकेको संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

जुन संस्थाले सर्वसाधारणसंग माग गरेको भन्दा १५ दशमलव १० गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।

क्यापिटलका अनुसार यो अवधिसम्ममा १८ लाख ४७ हजार ०५१ जनाले सो मात्राको सेयर माग गरेका हुन् । यससँगै उक्त सेयरमा मंगलबारसम्म आवेदन दिन पाइने छ । इच्छुकले मंगलबार अपरान्ह ५ बजेभित्र संस्थाको आईपीओमा आवेदन दिन पाउने छन् ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

वि.सं.२०७८ असार १४ सोमवार २१:४७ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...