back
CTIZAN AD

पालिकाको सह्रानिय कार्य, दुईसय युवालाई कृषि तथा पशु व्यवसायमा जोड्दै

वि.सं.२०७८ असार १५ मंगलवार

729 

shares

१५ असार, राँझा । बाँकेको खजुरा गाउँपालिकाले यहाँका दुई सय युवालाई व्यवसायमा जोडेर स्वरोजगार बनाउने अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत युवालाई कृषि तथा पशु व्यवसायमा जोडेर स्वरोजगार बनाउन थालिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत आइतबार ४० युवालाई व्यवसाय सञ्ंचालनका लागि प्रतिव्यक्ति रु. ४० हजार अनुदान वितरण गरिएको छ । हेफर प्रोजेक्ट नेपालको सहकार्यमा गाउँपालिकाले ती युवालाई बाख्रा र बङ्गुर पालनका लागि उक्त रकम वितरण गरेको हो ।

व्यावसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरूलाई सहयोग रकम थप हुँदै जाने अध्यक्ष कक्षपतिले बताए । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजनाअन्तर्गत दुई सय युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए ।

यस कार्यक्रमका लागि गाउँपालिकाले तीन वर्षमा रु. ५ करोड लगानी गर्नेछ । बाख्रा, बङ्गुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बङ्गुर पालनको मात्र माग भएको उनको भनाई । “चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बङ्गुर पालनका लागि रु ४० हजारका दरले सहयोग दिइएकोमा आगामी दिनमा दुईसय जनालाई विभिन्न व्यवसाय सञ्चालनका लागि सहयोग गरिनेछ”, अध्यक्ष कक्षपतिले भने, “निर्वाचित भएको चार वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा भएको छ बाँकी आगामी आर्थिक वर्षमा पूरा हुनेछन् ।”

खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले उद्यमी बनाउने उद्देश्य अनुरुप युवालाई अनुदान दिइएकोले व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन् । योजना बिना कार्यक्रम सफल नहुने भएकाले व्यावसायिक योजनाका साथ अगाडि बढ्नसके परियोजनाको उद्देश्य पूर्ति हुने उनको भनाइ छ । स्थानीय नागरिक अगुवा भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिए । file photo

वि.सं.२०७८ असार १५ मंगलवार ०८:३५ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...