back

पालिकाको सह्रानिय कार्य, दुईसय युवालाई कृषि तथा पशु व्यवसायमा जोड्दै

वि.सं.२०७८ असार १५ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

१५ असार, राँझा । बाँकेको खजुरा गाउँपालिकाले यहाँका दुई सय युवालाई व्यवसायमा जोडेर स्वरोजगार बनाउने अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत युवालाई कृषि तथा पशु व्यवसायमा जोडेर स्वरोजगार बनाउन थालिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत आइतबार ४० युवालाई व्यवसाय सञ्ंचालनका लागि प्रतिव्यक्ति रु. ४० हजार अनुदान वितरण गरिएको छ । हेफर प्रोजेक्ट नेपालको सहकार्यमा गाउँपालिकाले ती युवालाई बाख्रा र बङ्गुर पालनका लागि उक्त रकम वितरण गरेको हो ।

व्यावसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरूलाई सहयोग रकम थप हुँदै जाने अध्यक्ष कक्षपतिले बताए । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजनाअन्तर्गत दुई सय युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए ।

यस कार्यक्रमका लागि गाउँपालिकाले तीन वर्षमा रु. ५ करोड लगानी गर्नेछ । बाख्रा, बङ्गुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बङ्गुर पालनको मात्र माग भएको उनको भनाई । “चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बङ्गुर पालनका लागि रु ४० हजारका दरले सहयोग दिइएकोमा आगामी दिनमा दुईसय जनालाई विभिन्न व्यवसाय सञ्चालनका लागि सहयोग गरिनेछ”, अध्यक्ष कक्षपतिले भने, “निर्वाचित भएको चार वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा भएको छ बाँकी आगामी आर्थिक वर्षमा पूरा हुनेछन् ।”

खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले उद्यमी बनाउने उद्देश्य अनुरुप युवालाई अनुदान दिइएकोले व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन् । योजना बिना कार्यक्रम सफल नहुने भएकाले व्यावसायिक योजनाका साथ अगाडि बढ्नसके परियोजनाको उद्देश्य पूर्ति हुने उनको भनाइ छ । स्थानीय नागरिक अगुवा भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिए । file photo

वि.सं.२०७८ असार १५ मंगलवार ०८:३५ मा प्रकाशित

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

जिपको ठक्करबाट वृद्धको मृत्यु

जिपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल...

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

घोराही (दाङ) । यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी...

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीय

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीय

तानसेन (पाल्पा) । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती...

महिलालाई रोजगारी दिँदै नगरपालिका

महिलालाई रोजगारी दिँदै नगरपालिका

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन...

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

भैरहवा (रुपन्देही) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको...