back
CTIZAN AD

पूर्व माओवादीहरुको राेइलाे : ओलीले डुबाए, डुबाए !

वि.सं.२०७८ असार १६ बुधवार

810 

shares

काठमाडाैं । रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापासहित एमालेमा रहेका पूर्वमाओवादीहरु केपी ओलीसँग नपाइने कुरा माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ, ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा साथीहरुमा अलिक समस्या आयो । यसलाई फेरौँ !’

केही दिनअघि ओलीसँगको भेटमा टोपबहादुरले त भने पनि, ‘हामीले देशलाई प्रचण्डमुक्त बनाउन चाहेका हौँ । त्यसैले सानातिना कुरामा नअल्मलिऔँ !’ ओली साेधे, ‘के हो सानातिना कुरा ?’ प्रभु साहले भने, ‘नाम मिलाउने, जबजलाई हिजो एकतामा जाँदा भनिएजस्तो जनताको जनवाद भन्ने …।’

यति कुरा सुनेपछि ओली मज्जाले हाँसे र भने, ‘हामीले एमाले र जबज छोड्ने ? हामीले छोडेपछि माधव नेपालले लगिहाल्छ नि यस्तो हुँदैन, नो चान्स…!’

यति कुरा सिध्याएर बालुवाटारबाट निस्कँदा पूर्वमाओवादीहरु भन्दै थिए, ‘डुबायो–डुबायो…!’ यसपछि उनीहरुबीच एमालेमा रहन गाह्रो हुन्छ कि भन्ने कुरा आयो । हिजो भीम रावलको विकल्प लेखराज भट्ट, माधवको ठाउँमा प्रभु साह भन्दै कानमा चिनी हालियो । अहिले बादलहरुसँग कतिजनाले माओवादी छोडेर आउँछन् भनेर हिसाब निकालिँदै छ ।

त्यसपछि शनिबार बिहान नयाँबानेश्वरस्थित होटल एभरेष्टको सातौँ तलामा जम्मा भएर राष्ट्रिय प्रतिनिधि परिषद्मा पठाउने आफूपक्षीय कार्यकर्ताको नाम लेख्न थालियो । केन्द्रीय सल्लाहकार, प्रदेश कमिटी र विभागहरुका लागि पनि नाम सिफारिस गर्न भनेर उनीहरु जुटे । त्यहाँबाट फेरि दिउँसो जावलाखेलमा एकछिन जमघट भएर दिउँसो ३ बजे महासचिव ईश्वर पोखरेललाई भेट्न थापाथली हाइटतिर हान्निए ।

उनीहरुले बुझाएका मध्ये केन्द्रीय प्रतिनिधि परिषद्का नामहरु फाइनल भयो । केन्द्रीय कमिटीमा भएका सबै पर्ने भए । उनीहरुसँग एमाले भएकामध्ये करिव १० प्रतिशत प्रचण्डतिरै फर्किएका छन् । सुदूरपश्चिमबाट ओमविक्रम भाट (सरल), सुर्खेतबाट जनसाँस्कृतिक महासंघको पूर्वअध्यक्षसमेत रहेका गणेश भण्डारीहरु फर्किन तयार छन् ।

प्रदेश २ मा धेरै मान्छे फर्किने भए भन्दै प्रभु साह विलौना गर्दैछन् । तर, उनै प्रभुको सूची सबभन्दा ठूलो छ । उनले राष्ट्रिय प्रतिनिधि परिषद्का लागि दुई सयभन्दा बढीको नाम बुझाएका छन् । सबै गरेर पूर्वमाओवादीले पाँच सय साठी जनाको नाम बुझाएको जनआस्था साप्ताहिकमा समाचार छ ।

वि.सं.२०७८ असार १६ बुधवार १३:२३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...