back
CTIZAN AD

प्रेमलाप गीतको म्युजिक भिडियो

वि.सं.२०७३ फागुन ३ मंगलवार

1K 

shares

भ्यालेनटाइन डेको अवसरमा प्रेमलाप गीतको म्युजिक भिडियो सार्वजनिक
स्कटल्याण्ड, युके । सुमुधुर स्वरका युवा गायक नारायण धितालको गीत “देखे तिमीलाई” को म्युजिक भिडियो भ्यालेनटाइन डे को अवसरमा सार्वजनिक गरिएको छ।
गायक नारायण धितालकै संगीत र शब्द रहेको उक्त गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब करिब पन्ध्र वर्ष अघि अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठसलाम गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए।

भ्यालेनटाइन डेको प्रेमलाप कथामा बनाइएको उक्त म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन्। निर्देशक रेग्मीले यस अघि गायकहरु रामकृष्ण ढकाल, नबिन के भट्टराई, सत्यराज आचार्यका चर्चित गीतहरुको म्युजिक भिडियो निर्दशन गरिसकेका छन् भने सट मुभिहरुको समेत बनाएका छन्।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०७:१३ मा प्रकाशित