back
CTIZAN AD

सनराइज र एनआईडिसी क्यापिटलद्वारा संयुक्त कारोबार सुरु

वि.सं.२०७३ फागुन ३ मंगलवार

969 

shares

sunrise-bank
सन्राइज बैंक लि. ले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त (एक्विजिसन) गरि मिति २०७३/१०/२८ गते देखि एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ ।
उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन् नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले होटल याक एण्ड यति, दरबार मार्गमा आयोजना गरिएको एक भव्य समारोहका बीच गर्नुभयो । उक्त अवसरमा गभर्नर डा. नेपालले सन्राइज बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाइ प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिदै यस एकीकरणबाट सन्राइज बैंक थप सशक्त हुनुका साथै मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य आफैले गर्न सक्षम भई आफ्ना ग्राहक तथा शेयरधनीहरु लाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा विश्वास व्यक्त गर्नुभयो ।
उक्त समुद्घाटन समारोहका सभापति सन्राइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानी रहेको कर्मचारी संचयकोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै यस पछि बैंकले ६८ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिनुभयो । साथै उहाँले सन्राइज बैंकको चुक्ता पूँजी करिब रु. ५ अर्व ४५ करोड पुगेको र जसमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब रु. ७ अर्व ९ करोड पुग्ने र आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको रु. ८ अर्वको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिबद्धता गर्नु हुँदै नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन तथा परिपत्रहरुको परिपालना गर्दै बैंक संस्थागत सुशासनलाई जोड दिंदै अगाडि बढेको र राष्ट्र बैंकले तोकेको उत्पादनशिल कर्जा र विपन्न वर्ग कर्जाको सिमा बैंकले पुरा गरिसकेको जानकारी दिनु भयो ।
सो अवसरमा एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष श्री सुरेन्द्र थापाले सो संस्था दर्ताको प्रमाणपत्र सन्राइज बैंकका अध्यक्ष श्री मोतीलाल दुगड लाई हस्तान्तरण गर्नु भयो । एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका शाखा कार्यालय, कमलपोखरीमा समेत छुट्टै कार्यक्रमको आयोजना गरि सो स्थानमा बैंकको ६८औं शाखा कार्यालय स्थापना गरेको छ । त्यसै गरि एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष श्री सुरेन्द्र थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नु भन्दा सन्राइज बैंक जस्तो सबल “क” वर्गको संस्था संग समाहित हुन पाएकोमा आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधनीहरु खुशी रहेको जानकारी दिदै आगामि दिनमा सन्राइज बैंकले उत्तरोत्तर प्रगति गर्न सकोस भनी शुभकामना दिनुभयो ।
सन्राइज बैंकलाइ आगामि पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि YOU & US – Together We Can Build भन्ने दूरदृष्टि तथा “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको अवस्थामा एकीकरणको सिनर्जी प्रभावले होस्टेमा हैसेको काम गर्ने विश्वास व्यक्त गर्नु भयो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०७:०५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...