अरु घोडा चढे भनेर घरको धुरी चढ्ने चाहना राख्नु नेपाली मानसिकता हो । आफ्नो धरातल बिर्सिएर ढोंगी बन्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ । यसले समाजलाई व्यक्तिकेन्द्रीत बनाउँदै लगेको छ । यो भावना बढ्दै जाँदा परिवार भित्रका सदस्यबीचको माया र हार्दिकता पनि मर्दै गएको छ । आफूलाई परेको चोट मात्र चोट अरुलाई परे बेवास्ता गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । यसले परिवारसँगको मायालाई आफ्नोपनबाट भन्दा पनि पैसा र प्रतिष्ठाका आधारमा मापन गर्ने मानसिकता विकास हुँदै जाँदा परिवार भन्ने शब्द ‘श्रीमान–श्रीमती’ मा मात्र केन्द्रीत बनेको छ ।
गाउँघरमा अहिले पनि सरकारी स्कुलमा छोराछोरी कहाँ पढ्छन्, सरकारी स्कुलमा की बोडिङ्गमा भनेर सोध्ने चलन छ । उनीहरुको मानसिकता सरकारी स्कुल पढ्ने भनेको पैसा नहुने गरिबले पढ्ने हो तर बोडिङ्ग पढ्नु भनेको धनि र पैसा खर्च गर्न सक्ने व्यक्तिले पढ्ने हो भन्ने बुझाई छ । मजदुरी गरेर भएपनि छोराछोरीलाई बोडिङ पढाउने शौख या बाध्यता बन्दै गएको छ । यो बुझाई बन्नु उनीहरुको दोष हो की राज्यको ? यसबारे राज्य गम्भिर बन्न जरुरी छ । विदेश तिर सरकारी सेवा लिन सक्नुलाई गौरवको विषय मानिन्छ तर हामी कहाँ भने उल्टो सोच विकास हुनुलाई दुर्भाग्य नै मान्नु पर्दछ ।
केही दिन अघि एक साथीले एक आफन्त सरकारी अस्पतालमा भर्ना भएर उपचार गरेको विषयलाई खिज्याउँदै भनिन् ‘डेढमहिना सरकारी अस्पतालमा उपचार गरेको रे हि हि हि’ । यो उनको यो हाँसोले मेरो मनमा भने खुल्दुली उत्पन्न गरायो । हुनत मान्छेले समाजलाई जसरी जति बुझेको छ त्यहि अनुसार उसले सोच बनाउँ छ । तर आधुनिकताका नाममा मानिसमा बढ्दै गएको – ठूलो घर, महँगा गाढी, घरबाहिर निस्कँदा गहनाले झरिझुट् हुनेकै इज्जत हुने सोच विकास हुँदै जानु समाजका लागि भने दुर्भाग्य हो । यसले गरिब र धनि भन्ने ठूलो खाडल मात्र सिर्जना गरेको छैन, गरिब भए आफन्त भन्दै समेत लजाउने तर कोही धनि व्यक्ति वा उच्च पदमा पुगे टाढाको नातालाई पनि मेरो आफ्नै मान्छे हो भन्ने नाता गाँस्ने प्रवृत्ति बढेकै देखिन्छ ।पैसाले इज्जत किन्न सकिँदैन भन्ने भनाईलाई अहिलेको नेपाली समाजले गलत सावित मात्र गरेको छैन पैसाले इज्जत किन्न सकिन्छ भन्ने कुरालाई विस्तारैविस्तारै स्थापित गर्दै लगेको छ ।
अझ पछिल्ला दिनमा नेपालीहरुमा डरलाग्दो रोग लागेको छ । जति भोज भतेर गर्यो, भव्य पार्टी गर्यो, सम्पन्न मान्छेसँगको निकटता देखायो त्यसलाई ठूलो मान्छे भइने परिवेशमा नै रमाउने प्रवृत्ति बढ्दै गएको छ । त्यसैले त आजकल पार्टी प्यालेस देखावटी सान देखाउने ठाउँ बनेको छ । विवाह ब्रतबन्ध र जन्मदिन मात्र होइन भात खुवाउनका लागि पनि पार्टी प्यालेसहरु बुक हुने गरेका छन् । दाइजो प्रथा भन्दा डरलाग्दो रोगको रुपमा ‘प्रतिस्पर्धा’ बढ्दै मनोरोगको रुपमा देखिँदै गएको छ ।
यसले परिवारबीचको ममता टुट्दै जानुका साथै समाजमा समेत तडक भडक बढाउँदै लगेको छ । समाजमा अरुले झैँ खर्च गर्न नसके इज्जत जाने, हैसियत नहुँदा नहुँदै पनि छोराछोरीलाई बोडिङ्ग स्कुल वा महँगो स्कुलमा पढाउनै पर्ने, भोज भतेर महँगा सुटबुट र महँगा साडी गहनामा सजिनै पर्ने, पुर्खौली सम्पत्ति बेच्दै महँगा गाडी कुदाउने गरेको शायद हामी सबैले बुझेकै छौँ । देखाउने प्रवृत्तिकै कारण ऋण लिएर ठूला घर बनाउने, ऋणमा गाडी किनेर चढ्नेको भित्री यथार्थता भने खोक्रिएको हुन्छ । उनीहरुको आन्तिरिक पीडा जान्ने हो भने ऋणले उसको सपना हराएको हुन्छ । चार दिवार भित्र रहेर पनि उ रातमा राम्रोसँग सुत्न सक्दैन ।
अझ पछिल्ला दिनमा नेपालीहरुमा डरलाग्दो रोग लागेको छ । जति भोज भतेर गर्यो, भव्य पार्टी गर्यो, सम्पन्न मान्छेसँगको निकटता देखायो त्यसलाई ठूलो मान्छे भइने परिवेशमा नै रमाउने प्रवृत्ति बढ्दै गएको छ । त्यसैले त आजकल पार्टी प्यालेस देखावटी सान देखाउने ठाउँ बनेको छ । विवाह ब्रतबन्ध र जन्मदिन मात्र होइन भात खुवाउनका लागि पनि पार्टी प्यालेसहरु बुक हुने गरेका छन् । दाइजो प्रथा भन्दा डरलाग्दो रोगको रुपमा ‘प्रतिस्पर्धा’ बढ्दै मनोरोगको रुपमा देखिँदै गएको छ । समाजमा बढ्दै गएको प्रतिस्पर्धाका कारण गरिब र मध्यम वर्गको जीवन सकसपूर्ण बनेको छ । यसले समाजमा मानसिक रोगी बढाउँदै लगेको अस्पतालहरुमा बढ्दै गएका रोगीहरुको लर्कोबाट बुझ्न सकिन्छ ।
छोराछोरीलाई विदेश पढन पठाउने प्रवृत्ति पनि प्रचलनकै रुपमा बढ्दै गएको छ । छोराछोरी विदेश पठाउन घर घडेरी बैकमा राखेर पठाउँदा ऋणकै बोझले धेरै बाबुआमा बुढेस कालमा बेघरबार बनेको घटना पनि उत्तिकै बढ्दै गएका छन् । छोराछोरी विदेश पठाउनुलाई गर्वको विषय मानिन्छ । यहि मानसिकताका कारण देशमा रहँदा ढलेको अँखरा नउठाउने व्यक्ति विदेशमा २० घण्टा काम गर्न पनि तयार छ । एक न एक व्यक्ति विदेश नगएको घर शायदै पाउन सकिन्छ । प्रतिस्पर्धाका कारण जवानीमा छोराछोरी विदेश पठाएर बुढेसकालमा एक्लोपनमा जिन्दगी बिताउनु पर्ने अवस्था शायदै छिपेको छ । यस्ले कस्तो विकराल रुप लिने हो आंकलन गर्न पनि गाह्रो छ ।
यसरी नै धन, दौलत र देखावटीपनमा रमाउँदै जाने प्रवृत्ति बढ्दै जानु परिवार र समाजका लागि दुर्भाग्य त हुँदै हो यसले सामाजिक विचलन ल्याउने डर लाग्दो अवस्था पनि हाम्रा सामु उत्तिकै बढ्दै गएको छ । राज्यको सेवा सुविधा लिन हिच्कचाउने नागरिक बढ्दै गए राज्यप्रतिको भरोसा हराउन सक्छ । समाज भड्किए, समाजबीच विघटनको अवस्था सिर्जना आए यो पनि राज्यका लागि दुर्भाग्यपूर्ण हुन्छ ।
यसरी नै धन, दौलत र देखावटीपनमा रमाउँदै जाने प्रवृत्ति बढ्दै जानु परिवार र समाजका लागि दुर्भाग्य त हुँदै हो यसले सामाजिक विचलन ल्याउने डर लाग्दो अवस्था पनि हाम्रा सामु उत्तिकै बढ्दै गएको छ । राज्यको सेवा सुविधा लिन हिच्कचाउने नागरिक बढ्दै गए राज्यप्रतिको भरोसा हराउन सक्छ । समाज भड्किए, समाजबीच विघटनको अवस्था सिर्जना आए यो पनि राज्यका लागि दुर्भाग्यपूर्ण हुन्छ । आफ्नो परम्परालाई भूल्दै विदेशी संस्कृतिमा रम्नु पनि यस्तो मनोवृत्तिका कारण हो । आफ्नो परिवार, आफन्त, समाज, संस्कृति बिर्सदै जानुले देशको राष्ट्रिय अस्मितालाई पनि कमजोर बनाउँछ । भूगोल मात्र राष्ट्रियता होइन भन्ने भावना बढ्दै गएको सन्दर्भमा भोलि गरिब देशमा जन्मनुलाई आफ्नो दुर्भाग्य नठान्लान् भन्न सकिँदैन । यसैले बदलिँदो परिवेशसँगै आफ्ना नागरिकको चाहनाको ख्याल गर्नु राज्यको दायित्व हो । जब नागरिक नै आफ्नो देशप्रति लगाब राख्न सक्दैनन् भने त्यसबाट आउने संकट मुलुकको लागि भारी पर्न सक्दछ । सरकारी स्कुल कलेजमा पढाईको गुणस्तर हुन नसक्दा, दुर्गन्ध र अस्तव्यस्त हुने सरकारी कार्यालय देखेरै सरकारप्रति मानिसहरुको विश्वसनीयता छैन । सत्ता पाउन र बचाउनका लागि मात्र साम, दाम, दण्डभेद अपनाउनमा दलहरु केन्द्रीत रहे पछि जनताको विश्वास कसरी प्राप्त हुन सक्छ र ? राज्य सञ्चालन जनअपेक्षा अनुरुप हुने हो तर हामीकहाँ सत्ताको बार्गेनिङ्गमा देशलाई बन्धक बनाउने काम हुने गरेको छ । जबसम्म जनअपेक्षा अनुरुप काम हुँदैन र राज्य जनमुखी हुन सक्दैन सरकारी सेवाप्रतिको जनविश्वास यसरी नै मर्दै जान्छ । तर यस्तो हुन दिनै भएन । दल र नेताहरुले आत्मसाथ गर्न सक्ने राष्ट्रिय कर्तव्यबोधले नयाँ गति लिन सक्छ । नागरिक अपनत्व बृद्धि गराउने काम मुख्य त पक्कै हो ।