back
CTIZAN AD

वालुवाटार, शीतलनिवास र सिहंदरवार भारत र यूरोपियन यूनियनको घेरावन्दीमा रहेकोे बाम नेताको आरोप

वि.सं.२०७८ असार १८ शुक्रवार

1K 

shares

१८ असार , काठमाण्डौ । नेपालका एक बाम नेताले वालुवाटार, शीतलनिवास र सिहंदरवार भारत र यूरोपियन यूनियनको घेरावन्दीमा रहेको आरोप लगाएका छन ।

चीनसंग निकट मानिने पुर्व सांसद तथा बामनेता शुरेश कार्की  ( Suresh Karki ) ले राष्टपति बिध्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको नाम उल्लेख नगरीकनै यस्तो धारणा सार्वजनिक गरेका हुन ।

लामोसमय नेकपा एमालेको केन्द्रिय सदस्य रहेर काम गरीसकेका उनले चीनीया कम्युनिष्ट पार्टीले सयबर्ष उत्सव मनाइरहेकै राति ‘ एकातिर चीनसंग बिआरआइ लगायतका परीयोजना कार्यान्वयनमा बर्षौसम्म आनाकानी हुनु र अर्कातिर वाइडेनको थ्रि बि डब्लु परीयोजनालाइ समर्थन गर्नुले’ शक्तिकेन्द्रहरु घेराबन्दिमा रहेको आफनो ठम्याइ पुष्टि भएको बताएका छन ।
५ बुदामा धारणा राखेका उनले संजाल मार्फत भनेका छन

‘  1. विश्वमा पहिला अक्टुवर क्रान्ति पछि साेभियत रूसले Warsaw मार्फत एउटा ध्रुबकाे नेतृत्व गरिरहेकाे थियाे भने अर्काे ध्रुबकाे नेतृत्व NATO मार्फत अमेरिकाले गरेकाे अवस्था थियाे !

2. साेभियत रूसकाे विघटन पछाडी Warsaw निस्क्रिय जस्तै भयाे ! फलस्वरूप नया जनवादी क्रान्ति पछि चीनकाे उदय भयाे ! चीनले BRI ( Belt n Road ईनिसियटीभ) मार्फत अहिले विश्वकाे नेतृत्व गर्ने जमर्काे गर्दैछ ! उता NATO कै निरन्तरताकै रूपमा Indo- Pacific काे नाममा सैनिक अखडा र गळवन्धनकाे नेतृत्व गर्दैछ ! यसकाे मातहत Asia – Pacific पनि रहेकाे छ ! अहिले G-7 काे वैळकमा BRI लाई काउन्टर दिन वाईडेनले थ्री वी डव्लु ( Build Back a Better World) काे अवधारणा G-7 राष्टहरूकाे समर्थनमा अघि बढाएका छन !
3. अमेरिकाले Indo-Pacific अन्तर्गत विभिन्न मुलुकलाई सहयाेग गर्न शर्त सहित MCC मार्फत गर्दैछ भने अर्काे तिर विश्वभरि दुई प्रकारकाे सैनिक अखडा र क्याम्प पनि बनाएकाे देखिन्छ ! एउटा Permanent ( स्थायी ) जस्तै ताईवान, जापान, दछ्यीन काेरिया लगायत सैनिक क्याम्प र अर्काे Lily Pad ( अस्थायी र स्थायी ) दुबै प्रकारका साना सैनिक क्याम्पहरू ! Lily Pad नेपाल र भारतमा समेत प्रस्तावित छ !
4. जगजाहेर छ अहिले भारत र अमेरिकाकाे सम्बन्ध र गळजाेर बलियाे छ ! उनिहरू बीच कतिपय सबालमा मतभिन्नता भए पनि मूल विषय र एजेण्डामा दुबै एक छन ! अहिले भारत पनि Indo-Pacific अथवा थ्री वी डव्लु काे पक्छ्य र चीनकाे BRI काे विराेधमा भएकाे छर्लगं छ !
5. नेपालमा यतिखेर अमेरिका,भारत र चीनकाे चासाे खूबै बढन थालेकाे छ ! सन्तुलित , असंलग्न र पंचशिलकाे सिद्धान्तलाई पालन गरेकाे देखिन्न ! वर्तमान ओली सरकार MCC जस्ताकाे त्यस्तै जसरी पनि पास गर्ने पक्छ्यमा देखिन्छ ! साथै वर्तमान सरकारकाे नेतृत्व अमेरिका- भारत गळबन्धनतिर झूकेकाे र उनिहरूकै ईशारा तथा आडमा चलेकाे देखिन्छ ! पूर्व मंन्त्री खतिवडाले ओलीकै निर्देशनमा MCC पास गर्ने र तीन बर्षसम्म BRI संग सम्बन्धित सहयाेग परियाेजना चीनसंग आैपचारिक प्रस्ताव समेत लगेनन ! अझ अर्का पूर्व मंन्त्रीले खुलेरै भने -´ थ्री वी डव्लू सन्तुलित , उच्चस्तरिय र पारदर्शि माेडेलकाे छ ! यसमा अर्थात Indo-Pacific वा थ्री वी डव्लु मा सहभागी हुनुपर्छ !` मैले पहिला पनि भनेकाे थिए – ´ वालुवाटार, शीतलनिवास र सिहंदरवार भारत र यूराेपियन यूनियनकाे घेरावन्दीमा छ ` झन पुष्टी र प्रमाणित हुन खाेज्दै छ !

वि.सं.२०७८ असार १८ शुक्रवार ०९:३१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...