back
CTIZAN AD

बागमती प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १८ शुक्रवार

984 

shares

१८ असार, काठमाडौं । वागमती प्रदेशमा विहीवार थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका ७२ वर्षीय पुरुष र ६६ वर्षीया महिला, ललितपुरका ७६ र ९२ वर्षीय २ पुरुष र ४० वर्षीया महिला, भक्तपुरका ६४ वर्षीय, धादिङका ४० वर्षीय, मकवानपुरका ५५ वर्षीय र चितवनका उमेर नखुलेका १ पुरुष सहित ९ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३,८५० पुगेको छ ।

त्यस्तै प्रदेशमा बिहीवार पिसीआर र ऐन्टिजेन गरी ८,६२० नमुना परीक्षणमा ७८४ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौं, चितवन र ललितपुरमा बढी रहेका छन् ।

बिहीवार थपिएका ७८४ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ९७ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ३० हजार २०४ पुगेको छ ।
हाल प्रदेशका विभिन्न आइसीयुमा २४९ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् । प्रदेशमा हाल ९,०४३ सक्रिय संक्रमितको उपचार भइरहेको पनि मन्त्रालयको विवरणमा उल्लेख छ ।

 

 

वि.सं.२०७८ असार १८ शुक्रवार ०९:३४ मा प्रकाशित

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...