back
CTIZAN AD

ओहोदाका लागि बार्गेनिङ गर्नेसँग एकता हुँदैन – ओली

वि.सं.२०७८ असार १९ शनिवार

693 

shares

१९ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ओहोदाका लागि बार्गेनिङ्ग गर्नेसँग एकता नहुने बताएका छन् ।

शनिबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वरिष्ठ माधव नेपाल पक्षलाई पार्टीमा फर्केर आए ठीकै भन्दै अन्यथा बार्गेनिङ गर्नेसँग एकता नहुने बताएका हुन् ।

पार्टीमा आए अझैँ समय रहेको जनाउँदै उनले तर ओहोदाका लागि बार्गेनिङ गरे आउन नपर्ने बताएका छन् । ‘पार्टीमा फर्केर आए समय छ, ओहोदाका लागि बार्गेनिङ भए काम पनि छैन । बार्गेनिङ गर्ने मान्छेले काम पनि गर्दैन ।’

उनले एकताका लागि भन्दै वर्षौ सम्म कुर्न नसकिने समेत बताएका छन् । ‘अझैँ पनि सच्चिएर आए समय छ तर, दश वर्षसम्म पर्खन सकिँदैन ।’ उनले अगाडि भने ‘मान्छेले गल्ती गर्छ तर, सप्रिएर आउनुपर्छ । तर, कोहीकोहीलाई लामो बिरामी लाग्ला । निको हुन दश वर्ष लाग्ला के गर्नु ? त्यसकारण यो दश वर्ष पर्खाइको समय हुँदैन ।’

पार्टीले भनेको नमान्ने तर पार्टीको विपक्षमा बोल्ने पार्टीको कार्यकर्ता र नेता हुन नसक्ने बताए । उनले एकताका लागि आफू निकै लचिलो हुँदा पनि अर्को पक्ष भने सँधै खोचे थाप्ने र समस्या मात्र उत्पन्न गर्ने काम गरेको गुनासो समेत गरेका छन् ।

वि.सं.२०७८ असार १९ शनिवार १९:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...