back
CTIZAN AD

ओलिलाई माधव नेपालको जवाफ –’हस्ताक्षर फिर्ता हुँदैन’

वि.सं.२०७८ असार १९ शनिवार

675 

shares

१९ असार, काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल–माधव पक्षले सर्वोच्चमा विचाराधिन रहेको मुद्धाको हस्ताक्षर फिर्ता नलिने बताएको छ ।  ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले फोन गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर फिर्ता लिन भनि गरेको आग्रहमा नेता माधव नेपालले यस्तो जवाफ दिएका हुन् ।

शनिबार भएको टेलिफोन वार्तामा वरिष्ठ नेता माधव कुमार नेपाल सर्वोच्चमा विचारधिन रहेको मुद्धाको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने अडानमा रहेको बताएको स्रोतले जनाएको छ ।

जवाफमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभएको अवस्थामा पार्टी एकता हुन नसक्ने बताएका थिए ।

नेता नेपालले आवश्यक सल्लाह र परामर्श विना राखिएको केन्द्रीय कमिटीको बैठक तत्काल रोकी एकताको वातावरण बनाउन आग्रह गरेको तर अध्यक्ष ओलीले भने सोमबार सम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता सम्मव नहुने बताएको पनि सो स्रोतले जनाएको छ ।

यसअघि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार साँझ सम्ममा हस्ताक्षर फिर्ता गर्न डेटलाईन दिएका थिए । नेता नेपालले पार्टी एकताका लागि बनेको कार्यदललाई सक्रिय बनाउन ओली समक्ष प्रस्ताव राखेका छन् ।

एकताका लागि मध्यस्थता गरिरहेका पार्टी उपमहासचिव घनश्याम भुसाल टेलिफोन संवाद गराउन नेता नेपाल निवासमै पुगेका थिए ।

वि.सं.२०७८ असार १९ शनिवार १९:११ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...