back
CTIZAN AD

कैलालीका पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन सहयोग

वि.सं.२०७८ असार २० आइतवार

615 

shares

२० असार, टीकापुर । कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ ।

व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् ।

जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरहेका छन्। सत्र वटा बाख्राबाट व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका प्रकाशसँग अहिले ५६ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि आफ्नो व्यवसायमा सहयोग पुग्ने उनी बताउँछन् ।

“अब बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पाएँ । अब समय व्यवस्थापनमा सहयोग पुग्छ”, विकले भने, “व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । हाम्रो समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।”

विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो । वडा नं ६ का जगत् साउदले पनि पाँच वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । अहिले साउदको खोरमा ३५ बाख्रा छन् ।

गाउँपालिकाबाट दाना बनाउने मेसिन पाएपछि उनी पनि खुशी भएका छन् । “पाँच वर्षदेखि यही व्यवसाय गरिरहेको छु । घरमै बसेर व्यवसाय गर्दा घरकै सदस्यले काम गर्न सकिने भएकाले यो व्यवसाय सहज छ”, साउदले भने, “घाँस काट्ने मेसिन र दाना बनाउने मेसिन आवश्यक थियो । हाम्रो आवश्यकतालाई पालिकाले सम्बोधन गरेको छ ।”

तीन वर्षदेखि बाख्रापालन गरिरहेकी वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया अब पालिकाको सहयोगपछि यो व्यवसायमा थप टेवा पुग्ने बताउँछिन् । “पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ”, कठरियाले भनिन्, “यसले हामीलाई थप प्रोत्साहन मिलेको छ ।”

दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाले सहयोग गरेको बताए । “हामी आगामी दिनमा पनि सहयोग गर्छौँ, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ”, अध्यक्ष चौधरीले भने, “कृषिमा लागेकाहरुले सहयोग नपाउने कुरै हुँदैन, हामी सबैखाले सहयोग गर्न तयार छौँ, यहाँहरुको माग आउनुपर्यो ।”

उपाध्यक्ष उमा महतोले व्यावसायिकरूपमा काम गरिरहेका किसानको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिन् । “थप व्यवसाय विस्तार गर्न र आयआर्जन वृद्धिमा सहयोग पुग्नेछ”, महतोले भनिन् “अन्य युवालाई पनि यसले हौसला थप्नेछ ।”

पशु सेवा शाखा प्रमुख नरबहादुर कार्कीले शाखाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे। “हामीले व्यवसाय गरिरहेकालाई सघाएका छौँ, मेसिन मात्र होइन, अन्य खाले सहयोगका कार्यक्रम पनि छन् । उपचारदेखि सबैखाले सहयोग गरिरहेका छौँ”, कार्की भन्छन् “व्यवसाय थप फस्टाओस् भन्ने हो । हामी अनुगमन गर्छौँ ।”

वि.सं.२०७८ असार २० आइतवार ११:११ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...