back
CTIZAN AD

चुनवाङमा लसुनले पायो बजार

वि.सं.२०७८ असार २० आइतवार

867 

shares

२० असार, रुकुम(पूर्व) । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ ।

सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए।

बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनका भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।

आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले खरिद गर्न जनाइएको छ । उनका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा रु ४० लाख भित्रिएको छ । सो गाउँ लसुनको पकेट क्षेत्र हो ।

सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ । यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ । वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ । वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताए। यस्तै वडाका कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आइएको छ ।

अहिले वडाले वितरण गरेका १३, गाउँपालिकाका दुई, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट वितरण गरिएका चार गरी चुनवाङमा १९ बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताए ।
रासस

वि.सं.२०७८ असार २० आइतवार १२:२८ मा प्रकाशित

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...