back
CTIZAN AD

एनआरएनए अमेरिकाको साधारणसभामा विवाद भएपछि सुरक्षाकर्मी परिचालन

वि.सं.२०७८ असार २० आइतवार

741 

shares

विजय थापा । गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औ साधारण सभामा विवाद भएपछि सपथ ग्रहण केही समय स्थगित सम्म गर्नु परेको छ । तथापी नव निर्वाचित अध्यक्ष बुद्धि सुबेदीले सपथ ग्रहण लिएका छन् भने उनले पनि पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरुलाई सपथ खुवाएका छन् ।

विवाद उत्पन्न भएपछि साधारण सदस्यहरु बिरोध गर्दै मंचमा पुगेपछि विवादलाई शान्त पार्न सुरक्षाकर्मी मंचमा बोलाईएको थियो । विवादको बिजारोपण भनेको अघिल्लो नेतृत्वमा रहेका हालका निवर्तमान अध्यक्ष सुनिल साहले नै बिधान संसोधनमा छलफल गर्नु पर्ने रहेकोमा सपथ ग्रहण कार्यक्रमलाई बिधान संसोधन अगाडी ल्याईएपछि विवाद र चर्काचर्की परेको थियो ।

१० औ साधारण सभामाका संयोजक बिआर लामाले समय अभाव हुने भन्दै निर्वाचन आयुक्तलाई मंचमा बोलाएपछि झगडा सुरु भएको थियो । अन्त्यमा पूर्वअध्यक्षहरुले त्यहाँ आई सुबेदीलाई सपथ ग्रहण गराएका थिए ।

१० औं साधारणसभा सम्पन्न भएको छ । अमेरिकाको बिधान अनुसार पहिला साधारणसभा गर्ने र त्यसपछि सपथ ग्रहण गर्ने रहेता पनि अगाडी सारिएकोले केही समय विवादमा कार्यक्रम रोक्नु परेको थियो ।

केही समयपछि सुबेदीको अध्यक्षतामा बिधान संसोधन हुने कार्यक्रम छ । समय भन्दा डेढघण्टा पछि साधारणसभा सुरु गरिएको थियो । बिआर लामाले निर्वाचन आयुक्तलाई सपथ ग्रहण गर्न बोलाएको बारेमा आफुलाई थाहा नभएको सार्वजनिक रुपमा बोलेका थिए ।

साधारणसभामा प्रमुख अतिथि डा. युवराज खतिवडा लगायत ,एनआरएनए अन्तर्राष्ट्रियका पदाधिकारी र अन्य संघ्÷संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।

 

वि.सं.२०७८ असार २० आइतवार १२:३५ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...