back
CTIZAN AD

टीकापुरले बायो ग्यास प्लान्ट निर्माण गर्दै

वि.सं.२०७८ असार २० आइतवार

600 

shares

२० असार, भजनी । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनमा नगरपालिकाको वार्षिक लाखौँ रकम खर्च हुन थालेको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा आयोजनाको काम अगाडि बढाइएको छ ।

रु एक करोड ६० लाख १४ हजार २६४ को लागतमा नेपाल ऊर्जा विकास कम्पनी काठमाडौँले निर्माणको काम गर्दै आएको छ । यसमा ६५ प्रतिशत केन्द्र र ३५ प्रतिशत नगरपालिकाको लगानीमा आयोजना निर्माण हुन लागेको हो ।

नगरपालिकाले खोटेना भुराखानी सामुदायिक वनमा सामुदायिक पशु चौपाया व्यवस्थापन गर्दै आएको छ । सामुदायिक पशु चौपाया व्यवस्थापनमा मात्रै नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ । बजार तथा गाउँ क्षेत्रमा सामुदायिक पशु चौपायाको सङ्ख्यामा कमी आउन सकेको छैन ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले सामुदायिक पशु चौपायाको व्यवस्थापनसँगै त्यसबाट लाभ लिनसक्ने एउटै माध्यम बायोग्यास उत्पादन भएकाले नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न २०० घनमिटर क्षमताको बायो ग्यास प्लान्ट निर्माण कार्य अगाडि बढाएको बताएका छन् ।
“किसानको समस्या समाधानका लागि सामुदायिक पशु चौपाया व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक रु २० लाखभन्दा बढी खर्च गर्दै आए पनि परिणाममा त्यसको उपलब्धि देखिएको छैन”, उनले भने, “ती व्यवस्थापन गरिएका चौपायाको मलमूत्रबाट हामीले बायोग्यास उत्पादन गर्ने तयारी गरेका छौँ ।

यसले विपन्न वर्गका नागरिकलाई राहत मिल्ने छ ।” नगर प्रमुख रावलले प्लान्टबाट उत्पादन भएको ग्यास त्यस क्षेत्र वरपर रहेका विपन्न परिवारलाई वितरण गरिने जनाउँदै सामुदायिक पशु चौपाया व्यवस्थापनलाई दिगो राख्न पनि मद्दत पुग्ने बताए ।

नगरपालिकाका इञ्जिनीयर नवराज जोशीले आयोजनाको सम्झौता अगामी माघ महीनामा भएको जनाउँदै चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि निषेधाज्ञाका कारण योजनाको काम लम्बिएको बताए । “हालसम्म ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

अझै म्याद थप गरेर आयोजानको काम अगाडि बढ्छ”, उनले भने, “निर्माण सम्पन्न भइसकेपश्चात् सामुदायिक पशु चौपाया व्यवस्थापन समितिमार्फत् प्लान्ट सञ्चालनमा ल्याइने छ ।”

अहिले पनि सो क्षेत्रमा ४०० देखि ५०० सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको छ । सामुदायिक पशु चौपायबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ ।

उक्त प्लान्टबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ । उक्त प्लान्टबाट उत्पादन भएको बायोग्यास पहिलो चरणमा ५५ घरधुरीलाई २४ सै घण्टा वितरण गरिने जनाइएको छ ।
रमसस

वि.सं.२०७८ असार २० आइतवार १३:११ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...