२१ असार, काठमाडौँ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ ।
मर्चेन्टले आर्थिक वर्ष २०७७/०७८ को मसान्तसम्ममा हितग्राही खाता संचालन गरे वापत वार्षिक शुल्क १०० रुपैंयाँ बुझाई डिम्याट नविकरण गर्न अनुरोध गरेको हो । मर्चेन्टले केन्द्रिय कार्यालय टेकु, काठमाडौंमा अर्थात आफुलाई पायक पर्ने वाणिज्य बैंकका शाखाहरुमा गई असार मसान्त भित्रमा शुल्क बुझाउन आह्वान गरेको छ ।
साथै विद्युतीय भुक्तानी माध्यमहरु कनेक्ट आइपिएस, फोन पे, ई–सेवा, प्रभु पे, खल्ती, आईएमई पे र राष्ट्रिय वाणिज्य बैंकको आरविवि स्मार्ट एप मार्फत पनि नविकरण शुल्क तिर्न सकिने मर्चेन्टले जनाएको छ ।
वि.सं.२०७८ असार २१ सोमवार १२:०१ मा प्रकाशित






























