back
CTIZAN AD

आज २६२२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

वि.सं.२०७८ असार २१ सोमवार

669 

shares

२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २६२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४९९ पिसीआर र ४०२८ ऐन्टिजेन गरी ११,५२७ नमुना परीक्षणमा २६२२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ६०, ललितपुरमा १२४ र काठमाडौंमा ३७९ गरी उपत्यकामा ५६३ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आइतबारको तुलनामा सोमबार संक्रमित हुनेको संख्या केही बढी हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३५ लाख ८४ हजार ३१७ वटा नमुना परीक्षणमा ६ लाख ८५ हजार ३६१ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २२११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२११ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२४८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ६९० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २२ हजार ९९८ र संस्थागत आइसोलेशनमा २,६९२ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७१ र भेन्टिलेटरमा १८० जनाको उपचार भइरहेको छ । आइतबारको तुलनामा सोमबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।

वि.सं.२०७८ असार २१ सोमवार १७:३३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...