६ जुलाई, अमेरिका । तोक्प्यगोला समाज सेवा समितिको अमेरिकास्थित प्रवास संगठन ढोक्प्या किदुग अमेरिका साखाको तेस्रो महाधिबेशन सम्पन्न भएको छ ।
अमेरिकाको न्युयोर्कको क्वीन्समा जुलाई ३ मा सम्पन्न भएको उक्त अधिबेशन उद्घाटन र बन्दशत्र गरेर दुई चरणमा सम्पन्न भएको हो ।
बन्द शत्रमा संस्थाका सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनसहित भावि कार्ययोजना बन्दशत्रबाट सर्वसम्मत पारित गर्दै नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा प्रवेश गरेको थियो ।

अधिबेशनबाट दोस्रो कार्यकालका लागि संस्थाको अध्यक्षमा सर्वसम्मत चुनिएका गोवा ढोकप्याले निकट भविष्यमै संस्थाका सबै पदाधिकारीहरुको सहमति र सहकार्यमा आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा अगाडि बढ्ने र भविष्यमा भावि सन्ततिका लागि आवस्यक कामगर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

नवनियुक्त कार्यसमितिको उपाध्यक्षमा निमा डोमा ढोकप्या, सचिवमा ज्ञ्याल्जेन ढोकप्या, सहसचिवमा दावा फुटिक ढोक्प्या, कोषाध्यक्षमा लाक्पा ढोक्प्या, सहकोषाध्यक्षमा कासगंला ढोक्प्या र सदस्यहरुमा पासागं वागंदी ढोक्प्या, छेवागं ढोक्प्या, फुपु नानी ढोक्प्या, दावा छिरीगं ढोक्प्या र छोकी ढोक्प्या रहेका छन ।

अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका पूर्वउपाध्यक्ष तथा वर्तमान आदिवासी जनजाति महासंघ अमेरिकाको वर्तमान सल्लाहकार डन्डु ढोकप्याले नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
वि.सं.२०७८ असार २२ मंगलवार १३:०२ मा प्रकाशित



























