back
CTIZAN AD

वीरगञ्जमा मेसिनमार्फत धान रोप्ने कार्यक्रम सम्पन्न

वि.सं.२०७८ असार २२ मंगलवार

642 

shares

२२ असार, वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो । स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि औजार कारखानाको प्राविधिक सहयोगमा मेसिनबाट कसरी धान रोप्नेबारे प्रदर्शनी गरिएको हो ।

राईस ट्रान्स प्लान्टर भन्ने मेसिनबाट करीब १० कठ्ठा क्षेत्रफलमा धान रापिएको थियो । यस प्रविधिबाट बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने परियोजना प्रमुख रोशन अधिकारीले राससलाई बताए ।

पर्साको ग्रामीण क्षेत्रका किसानले परम्परागत रुपमा धानखेती गर्दा बढी समय र लागत बढी लाग्ने तथा उत्पादन कम हुने भएकोले यस वर्षदेखि किसानलाई मेसिनबाट धान रोप्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।

परम्परागत रुपमा खेती गर्नुभन्दा मेसिनले धान रोप्दा समय, श्रमिक र आर्थिक बचतसमेत हुने भएको बताउँदै कृषि औजार कारखानाका प्राविधिक अधिकृत द्वारिका चौधरीले– मेसिनबाट धान रोप्दा एक जना अपरेटर र एक सहयोगीले मात्र मेसिन चलाउने र कम खर्चमा बढी उत्पादन लिन सकिने भएकोले सबै किसानलाई मेसिनबाट धान रोप्न आग्रह गरे ।

मेसिनबाट धान रोप्दा २५ सेन्टिमिटरको दूरीमा लाइन लगाएर धान रोपिने र एक घण्टामा आधा लिटर डिजल मात्र खर्च हुने भएकोले ६० प्रतिशत समयको बचत हुने देखिन्छ । करीब ८ लाख मूल्य पर्ने सो मेसिनको प्रयोगले धान रोप्दा कम लागतमा बढी उत्पादन लिन सकिने कृषि इञ्निीजयर छिरिङ्ग शेर्पाको भनाइ छ ।

सुनखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको सो मेसिनले धान रोप्ने प्रविधिको प्रदर्शनीमा त्यस क्षेत्रका किसानले आफू पनि धान रोप्दा उक्त मेसिन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस आवमा सञ्चालित बाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय पर्साले सो कार्यक्रम लागू गरेको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १३:४० मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...