back
CTIZAN AD

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

वि.सं.२०७८ असार २२ मंगलवार

624 

shares

२२ असार, काठमाडौ । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । पार्टी एकताका लागि गठित कार्यदलको चौथो बैठक सिंहदरबारमा सुरु भएको हो ।

पार्टीभित्रका तमाम विवाद समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि जेठ २ गते गठित कार्यदलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

पार्टीभित्र विवाद झन चर्कदै गएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई मिलाउन लागेका नेताहरुले समस्या समाधानका लागि सोमबार कार्यदल व्यूँत्याएर औपचारिक रुपमै छलफलमा लागेका छन् ।

जेठ २ गते कार्यदल गठन भएदेखि सोमबार बेलुका तेस्रोपटक सिंहदरबारमा बसेको कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलका विषयमा पुनरावलोकन गरिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

एमाले कार्यदलको बैठक आज पनि बस्दै

वि.सं.२०७८ असार २२ मंगलवार १३:४० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...