back
CTIZAN AD

एमाले कार्यदलको बैठक आज पनि बस्दै

वि.सं.२०७८ असार २२ मंगलवार

735 

shares

२२ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठकमा विवाद समाधान गर्दै पार्टी मिलाउन घनिभुत ढंगले छलफल अगाडि बढाउने कार्यदलमा माधव पक्षका संयोजक भिम रावलले जानकारी दिएका छन् ।

पार्टीभित्रका तमाम विवाद समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि जेठ २ गते गठित कार्यदलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

पार्टीभित्र विवाद झन चर्कदै गएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई मिलाउन लागेका नेताहरुले समस्या समाधानका लागि सोमबार कार्यदल व्यूँत्याएर औपचारिक रुपमै छलफलमा लागेका छन् ।

जेठ २ गते कार्यदल गठन भएदेखि सोमबार बेलुका तेस्रोपटक सिंहदरबारमा बसेको कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलका विषयमा पुनरावलोकन गरिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

सम्बन्धीत समाचार

मंगलबार पुनः बस्ने गरी सकियो एमालेको कार्यदलको बैठक

वि.सं.२०७८ असार २२ मंगलवार ०९:२७ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...