back
CTIZAN AD

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णयहरु

वि.सं.२०७८ असार २२ मंगलवार

774 

shares

२२ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिए।

सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिए ।

उनले भने, “हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उनले स्पष्ट पारे ।

मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिए ।

यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहेका छन् ।

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिए । यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।

वि.सं.२०७८ असार २२ मंगलवार २०:०१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...