back
CTIZAN AD

माधव विद्रोही रासस सञ्चालक सदस्यमा नियुक्त

वि.सं.२०७८ असार २२ मंगलवार

825 

shares

२२ असार, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्यमा पत्रकार माधव विद्रोही (भण्डारी) नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रिस्तरीय निर्णयअनुसार यही असार २१ गते उनलाई रासस ऐन, २०१९ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको होे । विसं २०२२ जेठ १३ मा जन्मिएका झापा, भद्रपुर नगरपालिका–८ निवासी विद्रोही विसं २०४३ देखि निरन्तर पत्रकारिता पेशामा छन्। नवनियुक्त सदस्य विद्रोहीलाई सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरणसहित बधाई दिए । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, राससका महाप्रबन्धक सिद्धराज राईलगायत उपस्थित थिए । सदस्य विद्रोहीलाई आजै रासस केन्द्रीय कार्यालय, भद्रकालीमा स्वागत गरिएको छ ।

हाल रेडियो भिजनका कार्यक्रम संयोजक र स्वाधीन संवाद साप्ताहिकका सम्पादक एवं प्रकाशक विद्रोहीसँग यसअघि कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार, जनआस्था साप्ताहिक तथा च्यानल नेपाल, कञ्चनजङ्गा एफएममा कार्य गरेको अनुभव छ ।

पत्रकार विद्रोहीले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार, द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार र डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, झापाका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि विद्रोहीले पत्रकारिताकै क्रममा विसं २०४४ र २०४६ मा गरी दुई पटक शान्ति सुरक्षा मुद्दामा कारागार जीवन पनि बिताएका थिए ।

वि.सं.२०७८ असार २२ मंगलवार २१:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...