back
CTIZAN AD

५ विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७८ असार २३ बुधवार

678 

shares

२३ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनरत ५ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले थप आन्दोननका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

संयुक्त विद्यार्थी संगठनले संसद विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा संचालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समिक्षा गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

बैठकले प्रतिगमनविरुद्धको आन्दोलनका लागि असार २४ गते देशैभर सिठ्ठी जुलुस र असार २७ मा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने जनाएको छ । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी संगठन विश्वस्त रहेको बताइएको छ ।

विद्यार्थी संगठनहरूले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बिपीका उपकुलपति ज्ञानेन्द्र गिरीलगायत बर्खास्त हुनुपर्ने मागमाथि ऐक्यवद्धता प्रकट गरिएको छ ।

यस्तै शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौँ शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भिर असर पुगेको ठहर गर्दै शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाढि बढाउन माग गरिएको छ ।

साथै संगठनले चितवनमा रहस्यमय मृत्यु भएकी सुजिता भण्डारीको अबिलम्ब छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ ।

 

वि.सं.२०७८ असार २३ बुधवार १०:५६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...