back
CTIZAN AD

एमालेभित्रका पूर्वमाओवादी समूहको माग : माओवादी केन्द्र अवैधानिक छ, खारेज हुनुपर्छ !

वि.सं.२०७८ असार २३ बुधवार

825 

shares

असार २३, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दल दर्ता खारेजीको माग गर्दै एमालेभित्रका पूर्वमाओवादी समूह निर्वाचन आयोग जाने भएका छन् । एमाले प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्र कारबाही गरेपश्चात यस्तो माग राख्दै आयोग जान लागेका हुन् ।

उनीहरुले आफुँहरुमाथि गरिएको कारबाही अबैधानिक रहेको दाबी गरेका छन् । एमालेका नेता प्रभु साहले आफुँहरुमाथि गरिएको कारबाही अबैधानिक रहेको भन्दै आयोगमा जान लागेको बताए । उनका अनुसार लामो समयदेखि महाधिवेशन नै नगरेको माओवादी केन्द्र विधानतः अवैधानिक छ ।

‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन्’, नेता प्रभु साहले भनेका छन्, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौं ।’

उनका अनुसार केहिबेरमा उनीहरू समूहगत रूपमै आयोगमा जाँदैछन् । यसअघि उनीहरू आयोगमा जाने विषयमा छलफलमा थिए ।

पूर्वमाओवादी नेता साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो ।

माओवादीले चार प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यसहित दल बदल्ने पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादलसहित ८ प्रदेशसभा सदस्यलाई पार्टीबाट कारबाही गरेको थियो ।

वि.सं.२०७८ असार २३ बुधवार १२:३८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...