back
CTIZAN AD

हाइटीका राष्ट्रपतिको हत्या, गोली प्रहारबाट पत्नी पनि घाईते

वि.सं.२०७८ असार २३ बुधवार

654 

shares

२३ असार, काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको आफ्नै निवासमा हत्या भएको छ ।

हाइटी सरकारले हतियारधारी एक समु्हद्धारा राष्ट्रपति जाभोनेलको राजधानी पोर्ट ओ प्रिन्सस्थित निवासमै हत्या भएको जानकारी दिएको छ ।

हाइटीका प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति मोइसेको स्थानीय समय रातको १ बजे निजी निवासमै हत्या भएको बताएको समाचार ऐजेन्सीले जनाएका छन् ।

राष्ट्रपति मोइसेको हत्यामा संलग्नहरुको पहिचान हुन नसकेको र उनीहरु स्पेनिश भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा बताइएको छ । अज्ञात समुहको आक्रमणले मोइसेकी पत्नीमाथि पनि गोली लागेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री जोसेपले उक्त घटनलाई ‘घृणित र बर्बर कार्य’ भएको बताएका छन् ।

५३ वर्षीय मोइसे २०१७ मा सत्तामा पुगेका थिए । उनीविरुद्ध कयौं भ्रष्टाचारको आरोप लागेको र त्यसलाई लिएर उनीविरुद्ध विरोध प्रदर्शनहरु पनि हुने गरेको बताइएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १७:२० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...