Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

वायुसेवा निगमलाई निजिकरण गर्ने प्रस्ताव, आन्दोलनमा उत्रियो कर्मचारी संघ



२३ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सञ्चालक समितिको निर्णयविरुद्व वायुसेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । वायुसेवाका संयुक्त युनियन कर्मचारी संघले महाप्रबन्धक डिमप्रसाद पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।

बुधबार दिउँसो निगमकै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निगमका तीनवटै कर्मचारी ट्रेड युनियनहरूले महाप्रबन्धक पौडेलको राजीनामा माग गरेका छन् । ‘महाप्रबन्धक डिमप्रसाद पौडेललाई एक मिनेट पनि निगमको नेतृत्वमा बस्ने अधिकार छैन, त्यो उनले गुमाइसकेका छन्, निगमलाई, सरकारलाई र सिंगो मुलुकलाई नै गुमराहमा राखेर वायु सेवा निगम जस्तो गरिमामय संस्थालाई अमुक निजी क्षेत्रलाई सुम्पन खोज्ने कार्य हामीलाई कदापी स्वीकार्य छैन’, पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले भने, ‘महाप्रबन्धकलाई बर्खास्त नगरेसम्म आन्दोलन रोकिँदैन् ।’

आन्दोलित संयुक्त कर्मचारी ट्रेड युनियनले महाप्रबन्धक पौडेलकै चलखेलमा निजी क्षेत्रको स्वार्थ पूर्ति गर्न निगमलाई कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप लगाएका छन् । यसको प्रतिरोधमा सिंगो निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिँदा पौडेलले प्रहरी प्रशासन लगाएर धरपकड गर्ने, लाठ्ठी चार्ज गर्ने र कार्य क्षेत्रबाटै गिरफ्तारी गर्ने गरेको भन्दै त्यसको भत्र्सनासमेत गरेका छन् ।

साथै, महाप्रबन्धक पौडेलले भित्री चाल छोप्न मिडियाबाजी गर्दै हिँडेको उनीहरुको आरोप छ । पत्रकार सम्मेलनमार्फत तीनवटै कर्मचारी ट्रेड युनियनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने निर्णय तत्काल फिर्ता लिन र महाप्रबन्धक राजीनामा गर्न माग गरेका छन् । अन्यथा आन्दोलनलाई अझ सशक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् ।
गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारीबीच तनावको स्थिति पनि आएको थियो ।

व्यवस्थापनको प्रष्टीकरण: पूर्णरुपमा सरकारकै स्वामित्वमा रहनुपर्छ
यता निगमको सञ्चालक समितिले भने निगमलाई निजीकरण नभई पूर्णं सरकारकै स्वामित्वमा लिनुपर्छ भन्ने सोंचबाट निर्णय गरिएको बताएको छ । कर्मचारी युनियन आन्दोलनमा उत्रिएका बेला निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे प्रष्टीकरण दिएका हुन् ।

निगममा कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले संयुक्त रुपमा असार २० मा निकालेको गम्भीर ध्यानाकर्षण सम्बन्धमा मागपत्र तथा निगममा भइरहेको तालाबन्दी र कर्मचारीहरुको आन्दोलन सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय निगमको सञ्चालक समितिबाट भइसकेको भन्ने सम्बन्धमा सत्य तथ्य जानकारी भन्दै उनले बुँदागत रुपमा प्रष्टीकरण दिएका छन् ।
निगम पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थ मन्त्रालयको निर्देशनको पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालन समितिबाट प्रप्त निर्देशनको पालना गर्ने कार्य गरेको र प्रबन्ध–पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकोले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको हो’, विज्ञप्तीमा महाप्रबन्धक पौडेलले भनेका छन्, ‘नेपाल वायुसेवा निगम पूर्णं रुपमा नेपाल सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना