२४ असार, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । सन्दीपले काठमाडौं किंग्स–११ बाट ईपीएल खेल्ने भएका हुन्।
सन्दीप र काठमाडौंबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा सन्दीप र काठमाडौं किंग्स–११ का मालिक रोहित गुप्ताले हस्ताक्षर गरेका थिए । यसअघि सन्दीप ललितपुर प्याट्रिओट्स अनुबन्धित रहेका थिए ।
२०७६ चैतमा हुने भनिएको गत सिजनको इपिएल कोरोना भाइरसको कारणले गर्र्दा स्थगित भएको थियो । यसवर्षको ईपीएल असोज ९ गतेदेखि सुरू हुनेछ ।
वि.सं.२०७८ असार २४ बिहीवार ११:२७ मा प्रकाशित


























