back
CTIZAN AD

निषेधाज्ञाको अवधि थप एक साता जारी, होटेल तथा खाजाघर खुल्ने

वि.सं.२०७८ असार २४ बिहीवार

669 

shares

२४ असार, चितवन । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ । आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ । कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ ।

यस्तै अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ । आदेशमा भनिएको छ, “शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।”

यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो । प्रशासनले शुक्रबारदेखि बारअनुसार खुल्ने व्यवस्था हटाएको हो । यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ । अब यी पसल दैनिक खोल्न पाइनेछ ।

प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो । प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन् । अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो ।

वि.सं.२०७८ असार २४ बिहीवार ११:२५ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...