back
CTIZAN AD

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा

वि.सं.२०७८ असार २४ बिहीवार

588 

shares

२४ असार, काठमाडौँ । सेमिफाइनल खेलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार विहान सम्पन्न भएको खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेलको ३० औँ मिनेटमा मिक्केल डमसगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । खेलको ३९ मिनेटमा डेनमार्कले आत्मघाती गोल गर्न पुगेको थियो । बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका कप्तान साइमन केजार आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो । खेलको १०४ औँ मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै इंल्याण्डलाई खेलमा अग्रता दिलाएका थिए ।

जितसँगै इंग्ल्यान्ड ५५ वर्षपछि कुनै मुख्य प्रतियोगिताको फाइनलमा पुगेको छ । अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

वि.सं.२०७८ असार २४ बिहीवार ११:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...