back
CTIZAN AD

नेपाली सेना कल्याणकारी बोर्ड र NIBL को सहकार्यमा संचालित कर्जा लिन चाहनुहुन्छ ? यस्तो छन् प्रक्रिया

वि.सं.२०७८ असार २४ बिहीवार

2.5K 

shares

के तपाईले कुनै ब्यापार, ब्यवसाय र उद्योग संचालन गर्न नेपाली सेना कल्याणकारी बोर्ड र NIBL को सहकार्यमा संचालित लघुबित्त कर्जा, कृषी तथा पशुपंछी कर्जा र महिला उद्यमशिलता कर्जा लिन आबेदन दिनु भई हालसम्म कर्जा पाउन सक्नु भएको छैन ?
यस्तो छन् प्रक्रियाहरु :
– पहिला आफ्नो जिल्लाको फोकल पर्शन वा युनिटको सम्पर्क अधिकृत वा NIBL को शाखा वा नजिक ईपीसेन्टर कार्यालय छ भने त्यहा गई कर्जा कार्यक्रम बारे राम्ररी बुझ्नु होस ।
– तोकिएका सबै कागजपत्र सहित फाईल बनाउनु होस र सकेसम्म फोकल पर्शनलाई देखाउनु होस । टाढा वा फोकल पर्शन फेला नपरे फाईल लिई ईपीसेन्टरमा आई कर्जा फांटमा काम गरिरहेका पदिक/बिल्लादारलाई भेटी फाईल चेक गराउनु होस ।
– फाईल नियम अनुसार ठिक छ भने ईपीसेन्टरका अधिकृतले बैकको शाखालाई सिफारिस पत्र बनाई दिन्छन् । तपाईको फाईल आफैले लिएर जानु भएपनि हुन्छ वा ईपीसेन्टर मै छोडी दिएपनि हुन्छ । ईपीसेन्टरले पछि अन्य निबेदकहरूको फाईल संग बैकको शाखा कार्यालयी पठाई दिन्छ ।
– बैकको शाखाले बैकको नियम बमोजिम तपाईको कागज पत्र, ब्यापार ब्यवसाय उद्योगहरू हेर्छ र धितोहरू राखेको भए चेक गर्छ ।
– कर्जा स्विकृत भएपछि बैक शाखाले कल गर्छ र रकम लिन(जोई/पोई) बैकमा उपस्थित हुनु पर्छ । एकजनाको उपस्थितीमा मात्र चेक दिदैन बैकले ।
-फाईल बैकका शाखाहरूमा पुगे पनि निम्न कारणहरूले कर्जा (Loan) स्विकृत हुदैनन् ।
१) खराब ऋणीमा तपाईको नाम सुचिकृत छ भने,
२) कालो सुचिमा तपाईको नाम परेको छ भने,
३) PAAN र ब्यवसाय दर्ता गरेको कागज वा नम्बर नमिलेमा ।
४) ब्यवसाय संचालनको प्रस्तावित योजना पेश नगरेमा ।
५) कर्जा आवेदन गरेको मितीबाट ६ महिना भित्र कर्जा हात परेको छैन भने सो आवेदन स्वत: रद्द हुन्छ ।
६) धितो राखेको जग्गा रोक्का भएको छ भने,
७) धितो राखेको जग्गाको चारकिल्ला खुलेको कागज र मुल्यांकन गरेको प्रमाणित कागज छैन भने ।
८) आवेदकको उमेर ६० बर्ष नाघेको छ भने,
९) आवेदनमा तोकिएको ब्यावसाय संचालन गरेको छैन भने,
१०) झुठो बिबरण पेश गरेमा,
११) २ श्रीमती भएमा, दुवैको श्रीमतीको सहमती र समर्थन पत्र चाहिन्छ । सो नभएमा,
१२) आवेदन वा ब्यावसाय दर्ता गर्दा मदिराजन्य र सुर्तिजन्य बस्तुको ब्यवसाय उल्लेख भएमा,
१३) धेरै खराब ऋणीहरू भएका बैकका शाखाहरूमा कर्जा आवेदन गरेमा ।
धन्यबाद!

(मुकारूङ नेपाली सेनाका पूर्वमहासेनानी हुन् ।)

वि.सं.२०७८ असार २४ बिहीवार १०:५७ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...