back
CTIZAN AD

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

वि.सं.२०७८ असार २६ शनिवार

627 

shares

२६ असार, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारीलाई पुरस्कृत गरेको छ ।

कर्मचारीलाई नगद रु १० हजारसहित पुरस्कृत गरेको हो । लेखा अधिकृत कृष्णप्रसाद बसौला, कृषि शाखा प्रमुख सुलभ अधिकारी, प्राविधिक अजयकुमार पण्डित, राजश्व र न्यायिक शाखाकी बन्दना लामा गुरुङ, सवारी चालक नारद पाटा मगर, कार्यालय सहयोगी रामेश्वर कुंवर र वडा नम्बर १ का सचिव कुमार लम्साललाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन । उनीहरुलाई नगद रु १० हजार र प्रशंसापत्रले पुरस्कृत गरिएको उनले बताइन ।

रु ५१ करोड ३४ लाखका बजेट पारित
बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकालाई सङ्घ सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु नौ करोड चार लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु दुई करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु छ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन । गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु एक करोड पाँच लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

तस्वीरः कृष्ण न्यौपाने, रासस

वि.सं.२०७८ असार २६ शनिवार १२:४७ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...