असार २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छिन् । सर्वोच्चको फैसलालगत्तै सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकको सिफारिसअनुसार उनले अधिवेशन अन्त्य गरेकी हुन् ।
भण्डारीले आज (सोमबार) राति १२ बजेदेखि लागु हुनेगरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।
गत असार १७ देखि सुरु भएको राष्ट्रिय सभाको अर्को बैठक भोली (मंगलबार दिउँसो ३ बजेको लागि बोलाइएको थियो । तर, सरकारले आकस्मिक रुपमा अन्त्य गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेलगत्तै मन्त्रिपरिषदले राष्ट्रिय सभा अधिवेशनलाई विना कारण अन्त्य गर्नुलाई अर्थपूर्णं मानिएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १७:५० मा प्रकाशित




























