back
CTIZAN AD

अष्ट्रेलियाको लगातार तेस्रो हार, क्रिस गेलको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ असार २९ मंगलवार

666 

shares

२९ असार, काठमाडौँ । वेस्टइंडिजमा जारी अष्ट्रेलिया र वेस्टइंडिज बिचको जारी टि-२० श्रृखलामा अष्ट्रेलियाले लगातार तेस्रो हारको सामना गरेको छ । आज विहान सम्पन्न भएको तेस्रो टि-२० मा अष्ट्रेलिया ६ विकेटले पारजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले सर्वाधिक ३३ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्गमा हेडेन वाल्शले सर्वाधिक २ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दिएको १४२ रनको सामान्य लक्ष्य वेस्टइंडिजले १४.४ ओभर ४ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि ब्याटिङ्गमा क्रिस गेलले ३८ बलमा ६७ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ७ छक्का र ४ चौका प्रहार गरेका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा रिले मेरिडिथले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै वेस्टइंडिजले ५ खेलको टि-२० श्रृखला २ खेल बाँकी रहदैँ आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार १०:२२ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...