२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बस्ने भएको छ ।
पार्टीको सचिवालयका अनुसार बैठक केहीबेरमा बस्ने भएको हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज गठन हुन लागेको मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्ने सम्भावना रहेको बताइएको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार ०९:३० मा प्रकाशित






























