back
CTIZAN AD

कुन उमेर समुहकाले लगाउन पाउँछन् त कोरोनाविरुद्धको जोनसन एण्ड जोनशन खोप ?

वि.सं.२०७८ असार २९ मंगलवार

864 

shares

२९ असार, काठमाडौं । अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसन खोप साउन ४ देखि ६ गतेसम्म लगाउन पाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाको कोभ्याक्स कम्पनीको जोनसन एण्ड जोनसन खोप स्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाको संयोजनमा लगाउने भएको हो ।

कस्ता व्यक्तिले लगाउन पाउँछन् त ?
मन्त्रालयका अनुसार जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु (यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका) हरुलाई लगाइनेछ ।

मन्त्रालयको असार २८ गतेको निर्णय अनुसार खोप उपलब्धताका आधारमा २९ गतेदेखि नै खोप अभियान सन्चालन गर्न अनुरोध गरिएको छ ।

साउन ४ देखि ६ गतेसम्म लगाइने उक्त खोप अभियानका लागि काठमाडौं महानगरपालिकाभित्र २५ वटा खोप केन्द्र तोकिएको छ । खोप अभियानको जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नेछ भने प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा व्यवस्थाको संयोजन गर्ने बताइएको छ ।

यी हुन् काठमाडौं महानगरमा तोकिएका खोप केन्द्रहरु

भेरोसेल खोप लगाउने लक्षितवर्गहरु

स्वास्थ्य मन्त्रालयले ५५ वर्ष र सो माथिका उमेर समुहमा कोभिड विरुद्धको पहिलो खोप लगाउन बाँकी सबै नागरिकहरुलाई भेरोसेल खोप लगाइने जनाइएको छ ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु तथा नेपाल सरकारले तोकेका अत्यावस्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेका व्यक्तिहरु तथा खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुमा यो खोप लगाइने छ ।

वि.सं.२०७८ असार २९ मंगलवार १५:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...