असार २९, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन्।
मंगलबार प्रधानमन्त्रीबाट विदाई हुनुअघि देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो ।’
उनले जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले सरकारको जिम्मेवारीबाट बिदा लिइरहेको बताए । उनले सर्वोच्चको फैसला मान्ने पनि बताएका छन् ।
ओलीले सर्वोच्च अदालतले संविधानको गलत फैसला गरि आफुँलाई हटाएको उनको भनाई छ ।
विश्व इतिहासमै पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकिएको र हटाइएको उदाहरण बनेको ओलीको भनाई छ । उनले अदालतको फैसला निकै बिडम्बनापूर्णं रहेको बताए ।
‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’
सम्बन्धित समाचार
वि.सं.२०७८ असार २९ मंगलवार १५:३७ मा प्रकाशित




























