back
CTIZAN AD

देउवाको नियुक्ती संविधानको कुन धाराअनुसार ? शितल निवासको अनोठौ विज्ञप्ती

वि.सं.२०७८ असार २९ मंगलवार

798 

shares

असार २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको कुनै धारा नै उल्लेख नगरी नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको पत्रमा देउवाको नियुक्ती संविधानको कुनै धाराअनुसार नभई अदालतको आदेशअनुसार भएको उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, मंगलबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । तर, राष्ट्रपति कार्यालयले भने उक्त धारालाई उल्लेख नै नगरी नियुक्ती गरेको विज्ञप्ती सार्वजनिक गरेको छ ।

तर, यसअघिका नियुक्तीमा संविधानको धारा उल्लेख

यसअघि प्रधानमन्त्रीका रुपमा नियुक्ती गर्दा राष्ट्रपति कार्यालयले सार्वजनिक गर्ने विज्ञप्तीमा भने संविधानको धारा उल्लेख गर्ने गरिएको थियो । राष्ट्रपति कार्यालयले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने गरेको थियो ।

गत वैशाख ३० मा विश्वासको मत नपाएपछि ठूलो दलको रुपमा गरिएको नियुक्तीमा पनि राष्ट्रपति कार्यालयले प्रष्ट रुपमा संविधानको धारा उल्लेख गरेको थियो । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ वैशाख ३० नियुक्ती गर्दा जारी विज्ञप्तीमा भनिएको छ ।

कानुन विद्हरुले संविधानको धारा ७६ (५) अनुसार नियुक्तीको परमादेश जारी भएको सन्दर्भमा राष्ट्रपति कार्यालयले सो धारा उल्लेख गर्नुपर्ने बताउँछन् ।

वि.सं.२०७८ असार २९ मंगलवार १७:१६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...