२९ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलवार थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार लमजुङ, तनहुँ, वाग्लुङ, स्याङजा, नवलपरासीपूर्व र म्याग्दीका १÷१ जना गरी ६ जना संक्रमितको मृत्यु भएको हो ।
मंगलवार थपिएका ६ जनासँग प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००८ पुगेको छ ।
त्यसैगरी प्रदेशमा मंगलवार म्याग्दीमा ३, पर्बतमा १७, गोरखामा ३०, लमजुङमा २०, तनहुँमा ४३, कास्कीमा १४९, वाग्लुङमा ५१, स्याङजामा १२ र नवलपरासीपूर्वमा १९ जना गरी ३४४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १६७ जना महिला र १७७ जना पुरुष रहेका छन् । साथै आज प्रदेशमा ४४८ जना निको भएका छन् ।
मंगलवार थपिएका ३४४ जनासँगै प्रदेशमा हालसम्म ५९ हजार ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५६ हजार १४६ जना निको भइसकेका छन् ।
प्रदेशमा हाल २६३१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४७७ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार १७:१६ मा प्रकाशित




























