३० असार, काठमाडौं । राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख भाषा नसच्याएसम्म प्रधानमन्त्रीको सपथ ग्रहण नगर्ने बताएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शितल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयद्धारा प्रधानमन्त्री पदमा शभापति देउवालाई नियुक्त गरिएको भनेर विज्ञप्ति जारी गरिए पनि त्यसमा संबिधानको धारा उल्लेख नभएपछि मुख्य सचिव शंकर वैरागीलाई आफ्नै निवासमा बोलाएर सच्याउन आग्रह गरेका सभापति देउवा यतिबेला भने शितल निवास पुगिसकेका छन् ।
राष्ट्रपतिद्धारा जारी विज्ञप्तिलाई विवादास्पद भन्दै सभापति देउवाले संविधानको धारा ७६ (५) को अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्नेमा अन्यथा लेखिएको भन्दै आपत्ति जनाएका हुन् ।
यतिबेला देउवा शितल निवास पुगिसकेको भएपनि विज्ञप्तिमा उल्लेखित भाषा नसच्याए सम्म आफू तथा मन्त्रीहरुले सपथ ग्रहण नगर्ने अडानमा रहेका छन् । photo- Roshan sapkota
वि.सं.२०७८ असार २९ मंगलवार १९:५६ मा प्रकाशित




























