back
CTIZAN AD

ढाकाको आईएफआईसी बैंकले एनबी बैंकको सबै सेयर बिक्री गर्ने

वि.सं.२०७८ असार २९ मंगलवार

726 

shares

२९ असार, काठमाडौं । ढाकाको आईएफआईसी बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकको सबै सेयर बिक्री गर्ने भएको छ । एनबीको विदेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको एनबी बैंकको सम्पूर्ण सेयर बिक्री गर्ने भएको हो ।

यससँगै आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । साथै, यो सहित आर्थिक वर्ष २०७७÷७८ मा पाएको बोनस सेयर समेत बिक्री गर्ने जनाएको छ ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली र आईएफआईसी बैंकसँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बिक्रीमा रहेको संस्थापक सेयर किन्ने पहिलो हक अन्य संस्थापक सेयरधनीको हुने छ । यससँगै सेयर किन्न इच्छुक रहेका एनबीका अन्य संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । उनीहरुले उक्त निवदेनमा अन्य विवरणको अतिरिक्त कर चुक्ता गरेको आम्दानी र सेयर खरिद गर्न चाहेको रकम समेत उल्लेख गरेको कागजात एनबी बैंकको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा बुझाउनु पर्ने बैंकले जानकारी गराएको छ ।

यदि उक्त सयमभित्र कसैको पनि निवेदन नपरेमा वा प्रर्याप्त निवदेन प्राप्त नभएमा वा प्राप्त निवेदन रितपूर्वक नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकार गर्ने वा नगर्ने अधिकार भने सेयर बिक्रेता आईएफआईसी बैंकसँग रहने बैंकले जानकारी गराएको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार २१:१८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...