back
CTIZAN AD

टोखाका सिकाइ केन्द्रलाई ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान

वि.सं.२०७८ असार ३० बुधवार

696 

shares

३० असार, काठमाडौँ । टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ ।

विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको राससलाई जानकारी दिए ।

“इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ”, उनले भने, “टोखाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आव २०७८÷७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ ।

टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ लाई निरन्तरता दिने बताएको छ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

वाग्मती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ । टोखामा हाल ८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वडा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले बताए ।

वि.सं.२०७८ असार ३० बुधवार १६:२० मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...