Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

श्रीमती र छोराले पहिले मुख सिलाए, त्यसपछि डोरीले बाँधेर रेलको लिकमा बाँधिदिए



३१ असार । मानिस आफ्नैमाथि पनि कति सम्म क्रुर हुँदो रहेछ भन्ने यो समाचारले पुष्टि गरेको छ । भारतको झारखण्डको पलामू जिल्लाबाट एउटा यस्तै क्रुर घटना प्रकाशमा आएको छ।

६५ वर्षीय भोराराम नाम गरेका एक व्यक्ति बुधबार बिहान सिगसिगी रेलबे लिकमा बाँधिएको अवस्थामा भेटिए । उनको मुख सिलाइएको थियो ।

पालुम जिल्लाको उन्टारी रोड पुलिस स्टेशनको भीतिहरा गाउँको मंझलीघाट टोल निवासी भोला रामले घटनाका सम्बन्धमा पुलिसलाई बताए अनुसार उनी राती पिसाब गर्नका लागि उठेका थिए । यहि समयमा केही मानिसले उनलाई समाते । उनकी दोस्रो पत्नी सविता देवीले पहिलो श्रीमतीको तर्फबाटका छोरा र अन्य दुई जनाले कुटपिट गरे । त्यसपछि उसको मुखमा जबरजस्ती सिलाइयो । रातको करिब ११ बजे रेलवे पटरीमा लगेर डोरीले उनको हात खुट्टा बाँधिदिए ।

बिहान करिब पाँच बजे शौचालय जानका लागि गाउँका केही मानिसले रेलको पटरीमा मान्छे बाँधेको देखेपछि मान्छेहरुको भिड जम्मा हुन थाल्यो । गाउँलेको सूचना पाएर पुलिस घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो । त्यहाँबाट भोलारामलाई क्लिनिकमा लगि सिलाइएको मुखको धागो काटेर फालिएको छ ।

वास्तवमा, पति र पत्नी बीचको विवादको बारेमा ६ महिना अघि गाउँमा एउटा पञ्चायत बसेको थियो । श्रीमतीले त्यसमा कुनै राहत पाइनन्।
भोलाकी पत्नी तथा छोराले सो इगोको सट्टामा बदला लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ । पहिलो श्रीमतीको निधनपछि सन् २०१० मा उनले दोस्रो विवाह गरेका थिए । घटना बारे पुलिसले थप अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले जनाएको छ । (एजेन्सीको सहयोगमा )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले