back
CTIZAN AD

श्रम मन्त्रालयद्धारा विदेश जाने श्रमिकका लागि जोन्सन एण्ड जोन्सन खोप लगाउन माग

वि.सं.२०७८ असार ३१ बिहीवार

939 

shares

३१ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकका लागि ‘जोन्सन एण्ड जोन्सन खोप’ लगाउन माग गरेको छ ।

मन्त्रालयले विहीवार कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै साउदी अरब लगायतका खाडी र अन्य श्रम गन्तव्य मुलुकमा जाने कामदारका लागि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न भन्दै पत्र लेखेको हो ।

खाडीमुलक लगायतका श्रम गन्तव्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धीत मुलुक प्रवेश गरे पश्चात निश्चित समय अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, पिसीआर परीक्षण गर्नुपर्ने र रिर्पोट नेगेटिभ आए पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्राबधान रहेका छन् । यसरी क्वारेन्टिनमा बस्दा अनुमानित लागत एक लाख लाग्ने र सो रकम कामदार आफैले व्यहोर्नुपरेको समाचार आएको भन्दै मन्त्रालयले खोपका लागि यस्तो अनुरोध गरेको हो ।

‘बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत प्रदान गर्ने कार्य तथा अन्तराष्ट्रिय हवाई उडान सुचारु भइसकेको अवस्थामा बैदेशिक रोजगारीमा जान चाहाने इच्छुक नेपाली नागरिकले समयमा कोभिड १९ विरुद्धको खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट लक्षित हुनुपर्ने समस्यालाई मध्येनजर गरी बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड १९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप प्रदान गर्न प्राथमिकतामा राखी आवस्यक प्रबन्ध मिलाईदिनु हुन २०७७\०३/ ३० को निर्णयअनुसार (सचिवस्तरीय) अनुरोध छ ।’ मन्त्रालयद्धारा जारी पत्रमा भनिएको छ ।

यसअघि खाडीमा रहेका गैरआवासीय नेपाली अभियन्ता धरम केसीले पनि खाडी क्षेत्रका देशमा जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिइएको भन्दै सोहि खोपको व्यवस्था गर्नुपर्ने नेपाल सरकारसँग अनुरोध गरेका थिए ।

यो पनि…….

‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’

वि.सं.२०७८ असार ३१ बिहीवार १३:५६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...