back
CTIZAN AD

सुन्तला खेती गर्ने किसानलाई उब्जनी अनुदान

वि.सं.२०७८ असार ३१ बिहीवार

930 

shares

३१ असार, गलकोट । परम्परागत बाली छाडेर व्यावसायिक फलफूल खेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जनी अनुदान दिएको छ ।

नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम अनुदानवापत प्रदान गरिएको हो । परम्परागतरूपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका ४५ किसानलाई नगद रकम अनुदान प्रदान गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । सुन्तला जोनमा समेटिएको बागलुङ–८ सिगानाका ४५ कृषकलाई सुन्तलाका नयाँ बिरुवा रोपेवापत प्रोत्साहन र सुन्तलाको प्रतिफल नदिँदासम्मको अन्न बालीवापतको रकम प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिए ।

“सिगाना भौगोलिक हिसाबले सुन्तलाको अत्यन्तै राम्रो क्षेत्र मानिन्छ, अहिले वार्षिक दुई करोड दाना सुन्तला निर्यात हुने रहेछ, यसलाई बढाउनका लागि किसानलाई प्रोत्साहनस्वरुपप्रति रोपनी रु तीन हजारका दरले उब्जनी अनुदान दिएका छौँ”, केसीले भने, “एक रोपनीमा २० सुन्तलाका बिरुवा हुन्छन्, सुन्तला फल्न पाँच वर्ष लाग्छ, त्यतिका समयसम्म किसानको अन्नबाली उब्जनी हुँदैन, त्यसैले अनुदान दिएका छौँ ।”

नगरभित्रका जमिनको वर्गीकरण गरी उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको र किसान उत्साहित भएर सुन्तला खेतीतर्फ लागेका बताइएको छ ।

परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई उक्त जग्गामा उत्पादन हुने बालीवापतको रकम नगरपालिकाले दिने नीतिअनुसार तीन वर्षदेखि रकम वितरण गरिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले तीन वर्षको बीचमा सिगानामा मात्रै अनुदानमा वितरण गरेको र किसान आफैँले लगाएको गरेर ३५ हजार बिरुवा थपिएको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ । अबका पाँच वर्षमा सिगानामा करोडौँको सुन्तला भित्र्याउने सिगानाका किसानले लक्ष्य राखेका छन् ।

पहाडी भूभाग भएका कारण परम्परागत खाद्य बाली लगाउँदा दुःख बढी हुने र उत्पादनसमेत कम हुने भएकाले परम्परागत बाली त्यागेर व्यावसायिक फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरपालिकाको अभियान सकरात्मक भएको वडा नं ८ का अगुवा सुन्तला किसान रामबहादुर खड्काले जानकारी दिए।

कोदो, मकै फलाएर ज्याला नउठ्ने जग्गामा सुन्तला लगाएर लाखौँ आम्दानी हुने भएपछि नगरपालिकाका सिगाना, तित्याङ, भकुण्डे, मालिकालगायतका क्षेत्रमा सुन्तला खेती प्रवद्र्धन कार्यक्रममा नगरपालिकाले अगुवाइ गरेको छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १३:५९ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...