back
CTIZAN AD

सत्ता गुमेसँगै बादल समूहमा रुवाबासी, कार्यकर्ताले पनि छाड्न थाले साथ

वि.सं.२०७८ असार ३१ बिहीवार

720 

shares

असार ३१, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन हुँदा सत्ताको लोभमा केपी शर्मा ओलीको फेरो समातेका रामबहादुर थापा ‘बादल’ नेतृत्वको समूह अहिले निकै अप्ठ्यारोमा पुगेको छ । एकातिर सत्ताबाट ओली बाहिरिनु र अर्कोतिर पार्टीभित्रै गम्भिर खालको विभाजनको स्थिति देखा पर्नुले बादल समूह अप्ठ्यारोमा परेको हो । सत्ताबाट बाहिरिएसँगै बादल समूहलाई साथ दिने नेता तथा कार्यकर्ताले पनि पूर्व पार्टी खोज्न थालेका छन् ।

अहिले एमालेमा ओली पक्ष एक पछि अर्को गर्दै कमजोर बनिरहेको छ । एकातिर पार्टी विभाजन हुने अवस्थामा पुग्नु र अर्कोतिर सत्ताबाट बाहिरिनुले ओली पक्षको भविष्य थप अन्यौंलपूर्णं देखिन्छ । यस्तोमा ओली पक्षको फेरो समातेको बादल समूह निकै अप्ठ्यारोमा परेको छ ।

एमालेभित्रै रहेर पनि आफुँलाई एमाले हुँ भन्न डराउने बादल समूहलाई एमाले विभाजन हुँदा कता लाग्ने ? अवस्था अन्यौंलपूर्णं छ । ओली पक्षले आफुँ खाँटी एमाले हुँ भन्दै हिँडेको छ भने माधवकुमार नेपाल नेतृत्वको पक्ष कम्युनिष्ट एकताको पहलमा लागेको देखिन्छ । यस्तोमा आफुँलाई एमाले नभई नेकपाको लिगेसी बोकेको बताउने बादल समूह कता जाने अन्यौंलमा छ ।

आफैंभित्र विभाजित छ बादल समूह

तत्कालिन समय मन्त्रि बन्ने दौडधुपमा ओली समूह प्रवेश गरेका पूर्वमाओवादी नेताहरुका पृष्ठभूमि फरक–फरक छ । फरक–फरक पृष्ठभूमिको कारण उनीहरुबीच बुझाईमा एकरुपता छैन् । एमालेमा रहेका उनीहरुबीच स्वभाविक एकता पनि छैन् ।

जसको कारण देख्दा समूहगत देखिए पनि अधिकांश नेताहरु व्यक्तिगत डिल गर्नुपर्ने अवस्थामा छन् । व्यक्तिगत डिल गर्नुपर्ने अवस्थाका कारण एमालेभित्र उनीहरुको हैसियत कमजोर छ । व्यक्तिगत डिल गर्नुपर्ने अवस्थाका कारण तत्कालिन समय एमालेभित्र निश्चित नेता मात्रै स्थायी कमिटीमा समेटिएका थिए । पृष्ठभूमिभन्दा ओलीसँगको डिलका आधारमा उनीहरुले जिम्मेवारी पाएका छन् ।

मन्त्री बने पनि स्थायी समितिमा नसमेटिएसँगै प्रभु शाह, दावा लामा र गौरीशंकर चौधरीलगायत निकै असन्तुष्ट छन् । उनीहरुले यसअघि नै ओलीसँग सहकार्य गर्न नसकिनेसमेत निक्र्यौल गरेका थिए । उनीहरुले खुला रुपमै बादललाई नेता मान्नसमेत अस्वीकार गर्दै आएका छन् ।

माओवादी फर्किने सुरसारमा थिए केहि

गत जेठ ६ मा सर्वोच्च अदालतले मन्त्रीमा भएको नियुक्तीलाई बदर गरिदिएसँगै पूर्वमाओवादी समूहका केहि नेता लगत्तै माओवादी केन्द्र फर्किने सुरसार कसेका थिए । तत्कालिन समय एमालेभित्र तात्तिएको ‘जेठ २’ को मुद्दाले पनि उनीहरु बाध्यबस एमाले छाड्ने अवस्थामा थिए । तर, माओवादी केन्द्र फर्किने उनीहरुको योजना माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेसँगै असफल भएको थियो ।

टोपबहादुरको अनुरोध प्रचण्डले अस्वीकार गरेपछि…

माओवादी केन्द्र फर्किन गरेको अनुरोधको नालिबेली सार्वजनिक भएसँगै नेता टोपबहादुर रायमाझीले गत जेठ २४ मा विज्ञप्ती नै निकालेर आफ्नो बचाउ गरेका थिए । उनले माओवादी केन्द्रको भविष्य नरहेको भन्दै आफुँ एमालेमै नरहने बताएका थिए ।

धेरै कार्यकर्ता माओवादी केन्द्र फर्किँदै

तत्कालिन समय ओली पक्षमा लाग्दै गर्दा बादललाई उनकै स्वकीय सचिवालयका अधिकांश नेताहरुले साथ दिएका थिएनन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी हुँदै माओवादी केन्द्र फर्किएका अधिकांश नेताले पनि उनलाई छाडेका थिए । अहिले सरकारबाट बाहिरिएसँगै उनीसहितको समूहको पछाडि देखिएको कार्यकर्ता समूह पनि पूर्वपार्टी तिरै फर्किने तयारीमा जुटेको छ ।

बताइएअनुसार बादल समूहमा देखिएको विद्यार्थी र युवाको समूह माओवादी केन्द्र फर्किन छलफलमा छ । यसअघि एमालेमा विद्यार्थी र युवाको समूहलाई निकै अपमानित रुपमा व्यवहार गरिएको थियो । एमालेमा विद्यार्थी र युवा समूह पुनर्गठन गर्दा माधव पक्षलाई पाखा लगाई जस्तै उनीहरुलाई पनि वेवास्ता गरिएको थियो । बादल समूहमा देखिएको पत्रकारको टिमलाई पनि एमालेमा वेवास्ता गरिएसँगै केहि पत्रकारका नेताहरु तत्कालै माओवादी केन्द्र फर्किएका थिए ।

याे पनि …

प्रचण्डले भेट्न नदिँदाको त्यो आक्रोश…

पूर्व माओवादीहरुको राेइलाे : ओलीले डुबाए, डुबाए !

माओवादी केन्द्र खारेजीको प्रक्रिया अघि बढाउन निर्वाचन आयोग पुग्यो बादल समूह

वि.सं.२०७८ असार ३१ बिहीवार १४:०५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...