back
CTIZAN AD

टोपबहादुरको अनुरोध प्रचण्डले अस्वीकार गरेपछि…

वि.सं.२०७८ जेठ २५ मंगलवार

822 

shares

जेठ २५, काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र विघटित भईसकेको टिप्पणी गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । रायमाझीले आफुँ माओवादी केन्द्र फर्किन खोजेको भनेर आएको समाचारहरु पनि झुटा भएको दाबी गरे ।

उनले विज्ञप्तीमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना पनि गरेका छन् । उनले प्रचण्डमा निकै कुर्सी मोह, परिवारवाद र राजनीतिक तथा वैचारिक विचलन रहेको टिप्पणी गरेका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ।’

उनले विज्ञप्तीमा कम्युनिष्टहरु बीचको एकताका लागि निकै प्रयास गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गरेका छन् ।

‘प्रचण्डले अनुरोध अस्वीकार गरेपछि विज्ञप्ती निकालेर विरोध’

तर, टोपबहादुरको दाबी भने झुठो भएको कुरा प्रचण्ड निकट स्रोतले बताएको छ । निकट स्रोतले बताएअनुसार माओवादी केन्द्र फर्किन उनले गरेको अनुरोध प्रचण्डले सिधै अस्वीकार गरिदिएका थिए ।

रायमाझीले सम्पर्कसुत्रमार्फत गरेको अनुरोधमा प्रचण्डले ‘टोपबहादुर र बादल माओवादी केन्द्र फर्किन नसुहाउने’ सन्देश पठाएका थिए । प्रचण्डको जवाफ लगत्तै सञ्चारमाध्यममा समाचार आएपश्चात रायमाझीले विज्ञप्ती निकालेको बताइएको छ ।

‘उहाँ एमालेभित्रै राजनीति सुरक्षित नदेखेपछि माओवादी केन्द्र फर्किन खोज्नुभएको हो, अहिले चर्चामा आएपछि नचाहिँदो खण्डन गर्दै हुनुहुन्छ’, प्रचण्ड निकट एक नेताले भनेका छन्, ‘अहिले उहाँसँग मन्त्री पद पनि छैन्, सांसद पनि छैन्, संकटमा उहाँले माओवादी केन्द्रमा फर्किएर केहि हुन्छ कि भन्ने देख्नुभएको हो तर, यस्ता निकृष्ट राजनीतिक पात्रलाई माओवादीलाई स्वागत गरिनु हुँदैन् भन्नेमा प्रचण्ड स्पष्ट हुनुहुन्छ ।’

मन्त्री र सांसद पद गुमेपछि विचल्लीमा

०७७ फागुन २३ को फैसलासँगै तत्कालिन नेकपा कानूनी रुपमा भंग भएको थियो । एमाले र माओवादी साबिक स्थीतिमा फर्किएसँगै पनि रायमाझीसहित केहि नेता मन्त्रीको लोभमा ओली समूहमै रहने निर्णयमा पुगेका थिए ।

तत्कालिन समय माओवादी छाडेका बादल र टोपबहादुरसहित सबै नेता (७ जना)लाई नै ओलीले मन्त्री पद दिएका थिए ।

तर, माओवादी केन्द्रले पार्टी परिवर्तन गरेको कारण सांसदबाट कारबाही गरेसँगै र सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत मन्त्रीमा भएको नियुक्ती बदर गरेसँगै उनीहरु अप्ठ्यारोमा परेका छन् । एमालेभित्रको किचलो र ओलीले गरेको वेवास्ताको कारण रायमाझीसहितका केहि नेताहरु पुनः माओवादीमा फर्किन खोजेको बताइएको छ ।

सम्बन्धित समाचार

माआवादीमै फर्किन टोपबहादुरले पठाए प्रचण्डलाई सूचना

वि.सं.२०७८ जेठ २५ मंगलवार १३:२७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...