back
CTIZAN AD

माआवादीमै फर्किन टोपबहादुरले पठाए प्रचण्डलाई सूचना

वि.सं.२०७८ जेठ २३ आइतवार

708 

shares

जेठ २३, काठमाडौं । माओवादी परित्याग गरी एमाले प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले ‘अलपत्र’ परेका छन् । गैरसांसद भएर पनि मन्त्री बनेका उनीहरुको पद सर्वोच्च अदालतले खोसिदिएपछि ‘घर न घाट’को अवस्थामा पुगेका हुन् ।

एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल,टोपबहादुरसहितका पूर्व माओवादी नेताहरुलाई एमाले प्रवेश ‘नखाऊँ भने दिनभरको शिकार,खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको बताइन्छ ।

बालुवाटार र महन्थहरुको सहकार्यले छाँयामा परेको महसुस गरेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय प्रधानमन्त्री ओलीसँग चिढिएका छन् । राष्ट्रियसभामा बादलको पराजयदेखि अदालतको आदेशसम्म बालुवाटारको चाहनाअनुसार नै भैरहेको आमचर्चाका बीच उनीहरु एमाले छोड्ने सोचमा पुगेको विश्वस्त स्रोतले बताएको छ ।

जेठ ६ गते सर्वोच्चले मन्त्रीका रुपमा काम नगर्नू भनेर आदेश दिएपनि उनीहरुले पुल्चोकस्थित क्वार्टर छाडेका थिएनन् । अदालतले मन्त्रीका रुपमा काम नगर्नू मात्र भनेतापनि ओलीले सबै कुरा आफू अनुकूल गराएर आफूहरुको हकमा भने “युज एण्ड थ्रो”को नीति अवलम्बन गरेको भन्दै उनीहरुले धोका महसुस गरेको बताइन्छ ।

एकातिर माओवादी परित्याग, अर्कोतिर ओलीद्वारा विश्वासघात भएपछि माओवादीबाट एमालेमा छिरेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेकाहरु अहिले खुमलटारतिर आँखा तेर्स्याउन थालेका छन् । मन्त्री पद छउन्जेल माधव नेपालहरुलाई एमालेमा स्वागत गर्छौँ भन्ने टोपबहादुर अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले अस्ति जसपाको महन्थ खेमाका १० जनालाई मन्त्री नियुक्त गरेपछि बादलहरु अहिले डेरा सर्ने तयारीमा छन् । ‘हिजोदेखि बस्ने डेरा मात्र होइन राजनीतिक डेराको पनि खोजी हुन थालेको छ’,स्रोतले भन्यो, ‘माओवादीमै फर्किन उनीहरुले विभिन्न सम्पर्क सूत्रमार्फत कुरा अघि बढाउन थालेका छन् ।’

टोपबहादुरले आफ्नो सम्पर्क सूत्रमार्फत प्रचण्डसम्म कुरा पुर्याएको स्रोतले बतायो । जिल्लाका कार्यकर्ताहरुको चर्को दबाबपछि माओवादीमा फर्कने वातावरण बनाइदिन खुमल्टारसम्म कुरा पुर्याएको बताइन्छ । प्रचण्डले भने बादल र टोपबहादुर ९अनिल०को कुरै नगरौं भनेर सम्पर्क सूत्रलाई त्यसै फ़र्काइदिएको बुझिएको छ ।

खुमलटारलाई उद्धृत गर्दै उक्त स्रोतले भन्यो, ‘टोपबहादुर र बादल अहिले उतै बसेर उतैको भाँडभैलोमा लाग्दा हुन्छ,अहिले तिनको कुरै नगरौं,सबै बिगार्ने यिनै हुन् । उनीहरुले अरुलाई पनि भड्काएर उता लगे । अब विगतकोजस्तो गल्ती गरिने छैन । बरु दुई (चार जनाले पार्टी छोड्दैमा केही हुँदैन ।’

रायमाझीले भने कार्यकर्तामाझ प्रचण्डले बेवास्ता गर्दा ओलीतिर लाग्नुपरेको गुनासो गर्ने गरेको बताइन्छ । निकटहरुका अनुसार रायमाझीले पार्टीभित्र वर्षमान पुन र जनार्दन शर्मा हावी हुँदा अरुले पेलानमा पर्नुपरेको गुनासो सुनाउने गरेका छन् । पुन र शर्मालाई च्यापेर प्रचण्डले आफूहरुलाई जहिल्यै कमजोर बनाएको रायमाझीको दुखेसो पटक(पटक सुनेको निकट एक नेताले बताए ।

ती नेताका अनुसार एमालेमा जानुपर्नाको कारण प्रष्ट्याउँदै रायमाझीले बेलाबेला जनयुध्ददेखिकै प्रसँग उप्काउने गरेका छन् । जनयुध्दताकाका केही महत्वपूर्ण फौजी आक्रमणमा प्रचण्डले आफ्नो भूमिकालाई कमजोर बनाएको,आफूलाई विश्वास नगरेको जस्ता गुनासा रायमाझीले सुनाउने गरेका हुन् ।

रायमाझीले पाल्पा आक्रमण आफ्नो योजनाअनुसार नहुँदा पार्टीलाई ठूलो क्षति भएको बताएको बुझिन्छ । आफू कमिसार हुँदा पनि आफ्ना कुरा नसुनेर कमाण्डर जनार्दनको मात्रै विश्वास गरेकोमा रायमाझीले प्रचण्डको आलोचना गर्ने गरेको निकटहरु सुनाउँछन् ।

त्यतिबेला तानसेनको हाइ पोइन्टतिर जानुपर्छ भन्दा नमानेर फौजलाई कालीगण्डकीको किनारतिर लग्नाले पार्टीलाई बढी क्षति हुँदा पनि प्रचण्डले प्रभाकरको मात्र कुरा सुनेकोमा रायमाझीले निकटहरुमाझ चित्त दुखाइ गर्ने गरेको बताइन्छ ।

दाङको सतबरिया आक्रमणमा पनि आफ्नो सुझाव नसुनिएकोमा उतिबेलैदेखि उहाँको चित्त दुखाइ थियो रे । आक्रमण नगर्न आफूले दिएको सल्लाहबिपरित जवर्जस्ती आक्रमण गर्दा पार्टीलाई क्षति भएको बताउने गरेको निकटहरु सुनाउँछन् । उता बाटो खन्ने गरिब सिपाहीहरुको ज्यान जानेगरी कालिकोटको पिली नहानौं भन्दाभन्दै हानिएकोमा पनि रायमाझी सन्तुष्ट नरहेको बताइन्छ । जनयुध्ददेखिकै अन्तरविरोध सुनाउँदै रायमाझीले त्यसैको अविश्वास चुलिँदै जाँदा ओलीतिर लाग्नुपरेको प्रष्टीकरण दिने गरेको निकट नेता बताउछन् ।

ती नेताका अनुसार तमाम कमजोरीका बाबजुद पनि माओवादीमै फर्केर अन्तरसंघर्ष चलाउनुपर्ने कार्यकर्ताको दबाबले पनि खुमलटारसँग नजिकिन रायमाझीलाई बाध्य पारेको हो । त्यसैकारण एमालेमा विजातीय बनेर बस्नुभन्दा बरु कमजोरी भए पनि माओवादीमै फर्कने मनस्थितिमा पुगेको उनले दाबी गरे ।

‘एमालेमा एमालेकै मान्छेहरु विजातीय बन्नुपरेको अवस्था नजिकबाट देखेपछि उहाँले त्यहाँ आफ्नो भविष्य देख्नुभएन । अर्कोतिर मन्त्री गुमाउनुको पीडा पनि छँदैछ । राष्ट्रिय राजनीतिमा बढेको ध्रुवीकरणले पनि आगामी राजनीति बालुवाटारतिर भन्दा खुमलटारतिर बढी सुरक्षित देखेको हुनसक्छ’, स्रोतले भन्यो । जनआस्थाबाट

वि.सं.२०७८ जेठ २३ आइतवार २०:५७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...