back
CTIZAN AD

नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह

वि.सं.२०७८ जेठ २३ आइतवार

690 

shares

२३ जेठ, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यहि असार एक गतेदेखि मेलम्ची खानेपानीको सुरुङको परीक्षण सफाई गर्न लागिएको हुँदा सुरुङ खाली गर्नेक्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर सावधानी अपनाउन अपील गरेको हो ।

एक सूचना जारी गर्दै पानी छोड्दा पानीको बहाब बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सवैलाई अनुरोध गरिएको छ ।

करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यस पछि सुरुङ निरीक्षण र सुधारको काम गरिने जनाइएकाे छ । मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सवैलाई पनि आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।

सुरुङको परीक्षण सफाइको काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भएपनि तत्काल उद्घाटनका लागि हतारो गर्दा सुरुङ परीक्षण विनै सञ्चालन गरिएको थियो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो ।

दुई महिना मेलम्चीको पानी वितरण नहुने

वि.सं.२०७८ जेठ २३ आइतवार २०:२७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...